सोमबार ०४ चैत, २०८१

नेपाली समय

फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख अम्बेआ खातुनलाई भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख अम्बेआ खातुनलाई भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

रौतहट, १ असार । रौतहटको फतुवा विजयपुर नगरपालिकाका नगरप्रमुख अम्बेआ खातुनलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएको छ ।

कार्यालयको ताला फुटाएर हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको नाममा खाता नखोल्न लिखित रूपमा जानकारी गराए पनि सोको बेवास्ता गर्दै प्रधानको नाममा खाता खोलेर भ्रष्टाचार प्रोत्साहित हुने काम भएको नगर प्रमुख खातुनले बताइन् ।

रौतहटको प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मीले समेत समस्या समाधान नभएसम्म खाता नखोल्न आग्रह गरेका थिए । सो कार्यको जति सुकै विरोध भईरहँदा समेत कोष लेखा नियन्त्रकले बेवास्ता गरी खाता खोलेकोमा नगर प्रमुख खातुनले विरोध जनाए हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय आर्थिक प्रलोभनमा परेर हतार हतारमा सुरेन्द्र प्रधानको नानमा खाता खोलेको आरोप लगाउँदै भ्रष्टाचार भए यसको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयले लिनु पर्ने जिकिर गरेकी छिन् ।

आफूले नगरपालिकालाई राम्रोसँग सञ्चालनमा ल्याई पुर्‍याएकोमा दु:ख दिने नियतले पटक पटक सुरेन्द्र प्रधान किन फतुवा विजयपुर आई रहेका छन् भन्दै प्रश्न गरे । आफूले कुनै पनि सर्तमा प्रधानलाई प्रमुख प्रशासकीय अधिकृत नस्वीकार्ने कार्यवाहक नगर प्रमुख खातुनले बताइन् ।