रौतहट, १८ जेठ । जिल्लाको उतरी भेगमा रहेका चन्द्रपुर नगरपालिकामा बिहीबार साँझ आएको हावाहुरीले दर्जनौँ बिजुलीको पोलहरूमा क्षति भएको छ ।
हावाहुरीसँगै परेको पानीले बिजुलीको पोलमा क्षति पुग्दा चन्द्रपुर नपा आसपासको क्षेत्रमा बिगुत अवरुद्ध भएको हो । हावाहुरीले बिजुलीको पोलमा क्षति पुग्दा रौतहटको चन्द्रपुर नगरपालिको क्षेत्र लगायतका स्थानमा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले जानकारी दिए।
शुक्रवार साँझ सम्ममा चन्द्रपुरमा बिगुत सेवा सुचारु गर्न काम भइरहेको प्रमुख यादवले बताए । प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवले चन्द्रपुरको मुख्य बजार क्षेत्रमा मात्र ३० वटा पोल ढलेको बताए । बिगुत सेवा बन्द हुँदा उद्योगहरू, घरेलु उद्योग हरु, एफएम स्टेशन बन्द भएको हो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सूचना निकालेर खानेपानी अवरुद्ध भएको जनाएको छ । हावाहुरीले विद्युत् अवरुद्ध हुन गई उपभोक्ताहरूमा परेको असर प्रति खानेपानी कार्यालयले क्षमा मागेको छ ।
हावाहुरीले बालीनालीमा करोडौँको क्षेती गरेको किसानहरुले बताएका हुन् ।