मंगलबार ०८ माघ, २०८१

नेपाली समय

आइपीभी खोप अभियान २०८१” पूर्ण रूपमा सफल पार्न संचारमाध्यमको अहम भूमिका

आइपीभी खोप अभियान २०८१” पूर्ण रूपमा सफल पार्न संचारमाध्यमको अहम भूमिका

रौतहट, ९ जेठ । यही जेठ १३ गतेदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको “आइपीभी खोप अभियान २०८१” पूर्ण रूपमा सफल पार्न सञ्चारमाध्यमको भूमिका अति नै महत्त्वपूर्ण रहने गरेको छ।

“आइपीभी खोप अभियान २०८१” जिल्ला स्वास्थ्य कार्यालयद्वारा बुधवार गौरमा “जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू” सँग एक दिने अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको हो ।

दुई चरणमा सञ्चालन गरिने आइ पी भी खोप अभियान २०८१ अन्तर्गत रौतहट जिल्लामा पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा जेठ १३ देखि १७ गते सम्म सञ्चालन हुने छ । यसैगरी दोश्रो चरणमा राजपुर, ईशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले जानकारी दिए ।

२०७३ वैशाख १ गते देखि २०७५ असोज मसान्त भित्र जन्मिएका बालबालिकाहरूलाई आइपीभी खोप लगाउने बताउँदै  जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आइसकेको उनले बताए । देशैभरी एक साथ सुरु हुने यस अभियानलाई पूर्ण रूपमा सफल बनाइदिन सञ्चारमाध्यमको अति नै महत्त्वपूर्ण भूमिका रहेको हुँदा सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन हुन उनले आग्रह गरे ।