परासी, ९ जेठ । पश्चिम नवलपरासीमा बालबालिकालाई पोलियो विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीले जिल्लामा दुई चरण पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जेष्ठ १३ देखी १८ गते र दोश्रो चरणको जेष्ठ २१ देखी २६ सम्म पोलियो विरुद्धको आई पि.भि खोप सञ्चालन लागिएको जानकारी दिएको छ । जिल्लामा २१ हजार ८ सय ७७ जना बालबालिकाहरूलाई पोलियो विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए ।
खोप लगाउन जिल्लामा दुई सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको र तीन सय १५ जना स्वास्थ्यकर्मी तथा चार सय १० जना स्वयंसेवक खटाइएको पन्थीले जनाए । उनको अनुसार २०७३ वैशाख देखी २०७५ अश्विनी भित्र जन्म भएको बालबालिकहरुलाई उक्त खोप लगाउने बताए । बालबालिकालाई पोलियो विरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिएको भए पनि २०७३ साल देखी २०७५ सम्म खोप उपलब्ध नभएकाले नेपाल भरि बालबालिका वञ्चित भएको जानकारी गराएका थिए । नेपाल सरकारले खोप छुटेका बालबालिकालाई एकै पटक अभियान सञ्चालन गरी खोप लगाउने कार्य गरिएको पन्थीले बताए ।
१३ जेष्ठ १८ सम्म पहिलो चरणमा सुनवल नगरपालिका चार हजार ४३ जना, रामग्राम नगरपालिका दुई हजार ९ सय ५७ जना,पाल्हीनन्दन गाउँपालिका तीन हजार ६ सय ३७ जना, बालबालिकाहरूलाई पोलियो खोप लगाइने पन्थीले बताए । त्यस्तै दोश्रो चरणको अभियानमा जेष्ठ २१ देखी २६ सम्म बर्दघाट नगरपालिकामा तीन हजार ९ सय ७१ जना,सरावल गाउँपालिका दुई हजार २ सय २७ जना, प्रतापपुर गाउँपालिका दुई हजार नौ सय ६५ जना र सुस्ता गाउँपालिकामा दुई हजार २ सय ७६ जना पोलियो विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।
विश्वलाई नै पोलियो मुक्त बनाउन नियमित खोप संचालन हुँदै आएको छ भने २०७५ पछि खोप लगाउँदै आइएको छ । २०७० चैत्र १३मामा दक्षिण एसियाका सबै मुलुकमा पोलियो बिरामी शून्यमा अवस्था घोषणा गरिएको थियो । पोलियो भएका मध्ये ३ प्रतिशतलाई पक्षाघात हुने र त्यसको उपचार नभएकाले सङ्क्रमण हुनबाट जोगाउनको लागि बालबालिकालाई खोप दिने गरिन्छ ।