काँर्केविहार (सुर्खेत), ९ जेठ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको थिएन ।