रौतहट, ८ जेठ । बालविवाह न्यूनीकरण सम्बन्धी श्री माध्यमिक विद्यालय शितलपुरका विद्यार्थीहरूमाझ वक्तृत्वकला सम्पन्न भएको छ। बाल विवाह विरुद्ध प्रदेश स्तरीय सञ्जाल मधेश प्रदेश र समावेशी विकास तथा अनुसन्धान केन्द्र फतुरा विजयपुर ११ को संयुक्त आयोजना र श्री माध्यमिक विद्यालय शितलपुरका समन्वयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । मङ्गलवार श्री माध्यमिक विद्यालय सितलपुरकाे प्राङ्गणमा फतुरा विजयपुर -२ का वडा अध्यक्ष सञ्जय प्रसाद यादव (अनिरूद्ध) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कक्षा नौ र दशका विद्यार्थीहरूलाई बालविवाह विरुद्धको बारेमा र बालविवाह रोकथाम गर्न के के-कस्ता उपाय अपनाउनु पर्छ, त्यसको बारेमा छात्राहरूले आ-आफ्नो बिचार प्रस्तुत गरेकी थिईन् । सो कार्यक्रममा ९ जना विद्यार्थीहरूले भाग लिएका थिए । जसमध्ये प्रथम चिन्ता यादव, दोस्रो गरिमा यादव र तेस्रो अञ्जली यादवले स्थान प्राप्त गरेका थिए । त्यसतै चौथो राधिका यादव, पाँचौँ आर्यनन्दनी निधी, छैठौँ पुष्पा पटेल, सातौँ सपना मुखिया, आठौँ अनिशा शर्मा र अन्तिममा अनुराधा यादवले आफ्नो अङ्क प्राप्त गरेका थिए । प्रतिस्पर्धात्मक वक्तृत्वकलाको निर्णायकका रूपमा रामबालक पटेल, धर्मेन्द्र प्रसाद यादव, साेनी कुमारी, तेजनरायण चौधरी र रामकिशाेर यादव रहनु भएको थियो भने सचेतक आर.बि. रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले यस्ता कार्यक्रमले विद्यार्थीहरूका बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।
उहाँले भन्नुभयो, "विद्यार्थीका आमा बुवाहरूलाई पनि जनचेतना दिन सकिन्छ र यसै कार्यक्रम मार्फत धेरै छात्राहरूलाई धेरै किसिमका कुराहरू सिक्ने अवसर प्राप्त भएको छ। यस कार्यक्रमका लागि सहयोग गर्ने सङ्घ संस्थालाई धन्यवाद दिन चाहन्छु। यसप्रकारको कार्यक्रमले अन्य समयमा समेत गर्न गराउन म सहयोग गर्ने प्रतिबद्दता वक्ता गर्दछु ।
साथै सहभागी विद्यार्थीहरू पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार स्वरूप कपी, कलम, स्टिज, लगायतका सामग्री हस्तान्तरण गरिएको र बाँकी छ जना छात्राहरूलाई कापी, कलम हस्तान्तरण गरिएको थियो।
सो कार्यक्रममा स्कुलका शिक्षक जगदीश प्रसाद यादव, श्रीनरनयण साह, समाजसेवी मुनिफ यादव र सञ्चारकर्मीको उपस्थिति रहेका थियो