आइतबार ०३ चैत, २०८१

नेपाली समय

रामग्रामले दुई हजार ९ सय ५७ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने

रामग्रामले दुई हजार ९ सय ५७ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने

परासी, ८ जेठ । रामग्राम नगरपालिकाले बालबालिकालाई पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नगरले जेष्ठ १३ देखी १८ गते सम्म पोलियो विरुद्धको  आई पि.भि खोप सञ्चालन गर्न लागेको हो ।

२०७३ वैशाख  देखी २०७५ अश्विन भित्र जन्म भएको बालबालिकहरुलाई उक्त खोप लगाउने रामग्राम नगरपालिकाका नगरप्रमुख एवं पालिका पूर्णखोप समन्वय समितिका संयोजक धनपत यादवले बताए । उनको अनुसार सामुदायिक तथा निजी विद्यालयहरूमा यही जेष्ठ १३ गतेदेखि १८ गतेसम्म पोलियो विरुद्धको  आई पि.भि खोप सञ्चालन गरिने जानकारी दिए ।

सामुदायिक तथा निजी विद्यालय गरी ५७ वटा विद्यालयहरूमा खोप केन्द्र राखी उक्त खोप सञ्चालन हुने नगरप्रमुख यादवले बताए । पोलियो विरुद्धको  आई पि.भि खोप सञ्चालन गर्न विद्यालयमा ५७ वटा खोप केन्द्र निर्धारण गरिएको यादवले जानकारी दिए ।

रामग्राम स्वास्थ्य शाखा प्रमुख  रामनरेश रायको अनुसार बालबालिकालाई पोलियो विरुद्ध २०७१ साल देखी नेपालमा खोप लगाउन सुरु गरिएको भए पनि २०७३ साल देखी २०७५ सम्म खोप उपलब्ध नभएकाले नेपाल भरि बालबालिका वञ्चित भएको जानकारी गराएका थिए । नेपाल सरकारले खोप छुटेका बालबालिकालाई एकै पटक अभियान सञ्चालन गरी खोप लगाउने कार्य सुरुवात गरेको रायले बताए ।  

रामग्राम नगरपालिका भित्र  एक हजार तीन सय ७९ जना पुरुष र एक हजार पाँच सय ७८ जना महिला गरी  कुल दुई हजार ९ सय ५७ जना बालबालिकाहरूलाई पोलियो विरुद्धको  आई पि.भि खोप लगाउने स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए ।