बुधबार ३० माघ, २०८१

नेपाली समय

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी (कञ्चनपुर), ११ वैशाख । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । 

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिनुभयो । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गर्नुभयो । “घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तीर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । 

अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्क पाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय तिरेर खोप लगाउनुपरेको गुनासो गर्नुभयो ।