बुधबार १७ बैशाख, २०८२

नेपाली समय

नवलपरासीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

नवलपरासीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास

परासी, ९ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं. १२ पँचगाव खेल मैदनमा  आगो लागी भएको  सूचना  प्रहरी कन्ट्रोलमा आयो । एकैछिनमा जिल्ला प्रहरी कार्यालयको भ्यानमा प्रहरीहरू आए । दमकल साइरन बजाउँदै आयो । वरिपरिका सबै जम्मा भए । घटनास्थल पुग्ने बित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए । तर यो वास्तविक घटना नभएर घरेलु  आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी कृत्रिम अभ्यास गरिएको थियो ।

जिल्लामा आगलागीको घटना पछिल्लो समयमा वृद्धि भएकोले आगो नियन्त्रण तथा बच्ने उपायबाट कृत्रिम अभ्यासको मार्फतबाट जनचेतना फैलाइएको छ । आज नवलपरासीमा जिल्ला सुरक्षा समिति नवलपरासीको आयोजना जिल्ला बिपत व्यवस्थापन समिति तथा जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी नेपाल आर्मी रेडक्रस सोसाईटी लगायतको सहकार्यमा आगलागी नियन्त्रण  पूर्व तयारी तथा कृत्रिम घटना अभ्यास  गरिएको छ । कृत्रिम अभ्यास रामग्राम नगरपालिकाको वडा नं. १२ पचगाव खेलमैदानमा ६ वटा खरको छाना निर्माण  गरी कृत्रिम अभ्यास गरिएको हो ।

कृत्रिम अभ्यासमा ६ वटा खरको छानोमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाल आर्मीले रामग्रामको दमकलले आगो नियन्त्रणमा लिएको थियो । त्यस  खरको छानामा पसेका मान्छेलाई उद्धार गरी रेडक्रसको एबुलेन्समा राखी  अस्पताल लागिएको कृत्रिम अभ्यास गरिएको थियो ।

घटनामा घाइते भएकालाई कसरी उद्धार गर्ने, पीडितहरूलाई कसरी सान्त्वना दिने ,विपद् व्यवस्थापनका लागि कसरी अन्तर समन्वयलाई जोड दिने भन्ने विषयमा स्थानीयहरूलाई शिक्षा दिनका लागि यस्तो कार्य गरिएको जिल्ला व्यवस्थापन समिति अध्यक्ष एव प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी बताए ।  

उनले जिल्लामा पछिल्लो समयमा आगलागी घटनाबृद्धि भएकोले पालिकाहरूले बिपत नियन्त्रण गर्न सामाग्रीहरु खरिद गर्न आग्रह गरेका थिए । जनताको दश दिनमा मानवीय कारण र प्रकृतिको कारण घटना भएको पाइएको पन्थीले बताए । रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले दमकल अन्य उपकारण मात्र आगो नियन्त्रण गर्न नसक्ने यस जनसमुदायबाट लाग्नुपर्ने यसबाट ठूलो दुर्घटनाबाट बाँच्न सकिने बताए ।

गाउँघरमा खेतमा गहुँ खेतमा ढुठे जलाउने र जाथभावी चुरोट खाए फालिँदा आगलागी घटना भएकोले यस्ता कार्य  नगर्ने सबै नगरवासीमा आग्रह गरेका थिए । कृत्रिम अभ्यास जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक  काजी कुमार आचार्य, सशस्त्र प्रहरी २६ न गण बेलाशपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्ले गोरख दल गण परासीका प्रमुख सेनानी प्रणजंग मल्ल रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादव नेपाल रेडक्रस सोसाईटी सभापति राजेन्द्रप्राद अग्रहरी,लगायतको सहभागिता रहेको थियो ।