शनिबार १२ जेठ, २०८१

नेपाली समय

व्यक्तिगत लगानीमा लाखौँको टावरबत्ती सञ्चालन

व्यक्तिगत लगानीमा लाखौँको टावरबत्ती सञ्चालन

रौतहट, ५ बैशाख । जनता समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष श्याम विहारी यादवले आफ्नै व्यक्तिगत लगानीमा लाखौँको टावर लाइट सञ्चालनमा ल्याएका छन् । अध्यक्ष यादवको व्यक्तिगत लगानीमा जिल्लाको माधवनारायण नगरपालिका–३ भेल्ही बजारमा एक सुविधा सम्पन्न अत्याधुनिक टावर लाइट बुधवारदेखि सञ्चालनमा आएको हो । 

माधवनारायण नगरपालिकाका पूर्व नगर प्रमुख विरेन्द्र प्रसाद यादवले उक्त टावर लाइटको बुधवार बेलुका ७ बजेको समयमा स्वीच थिचेर उद्घाटन गरेका हुन् । 

भेल्ही बजारमा आयोजित एक भव्य कार्यक्रमका बीच पूर्व नगर प्रमुख यादवले स्वीच थिचेर उद्घाटन गरेको टावरबत्तिदेखि सञ्चालनमा आएको थियो । भेल्ही बजारमा टावर लाइट नहुँदा रातीको समयमा सर्वसाधारण जनतालाई हिँडडुल गर्न ठुलो समस्या भइरहेकोले भनी व्यापक गुनासो आएपछि जसपाका जिल्ला अध्यक्ष श्याम विहारी यादवले आफ्नै व्यक्तिगत लाखौँको लागतमा उक्त टावर लाइट जडान गरी सञ्चालनमा ल्याएका हुन् । 

टावरबत्तीको अभावमा आम नागरिकलाइ रातीमो हिड्डुल गर्न समस्या नहोस र अन्ध्यारोको मौकाछोपी रातीमा हुने चोरी तथा अपराधिक क्रियाकलाप रोक्ने वा नियन्त्रण गर्ने उद्देश्यले आफू आफ्नै लगानीमा टावर लाइट जडान गरी सञ्चालन गरेको जिल्ला अध्यक्ष यादवले बताए। टावर लाइट सञ्चालनमा आएपछि भेल्ही बजार अब उज्यालोमय बनेपछि स्थानीयबासिन्दाहरु निकै हर्षित भएका छन् । 

रौतहट क्षेत्र नं १ का माननीय सांसदहरूले टावर लाइट जडान गर्न नसकेको अवस्थामा आफ्नै लगानीमा टावर लाइट सञ्चालन गरी सराहनीय काम गरेको भन्दै स्थानीयहरूले जसपा जिल्ला अध्यक्ष श्याम विहारी यादवको चौतर्फी प्रशंसा गर्न थालेका छन् । 

सो अवसरमा जसपाका वडा अध्यक्ष प्रत्याशी रामबहादुर यादव, नेता सम्भु यादव, बिगनेश पसवान, तपसि यादव,  उमाशंकर साह, भेल्हि मेला समितीका अध्यक्ष बिरेन्दर साह लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।