आइतबार ०३ चैत, २०८१

नेपाली समय

जनप्रतिनिधिहरूको जम्बो टोली भारत भ्रमणमा गरेपछि चर्को आलोचना

जनप्रतिनिधिहरूको जम्बो टोली भारत भ्रमणमा गरेपछि चर्को आलोचना

रौतहट, ५ वैशाख । जिल्लाको गरुडा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूको जम्बो टोली भारत भ्रमणमा गएपछि चर्को आलोचना हुन थालेको छ। गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जायसवाल तथा प्रतिपक्षीको भूमिकामा रहँदै आएकी नगर उपप्रमुख पूनम कुमारी चौधरी सहितको जनाप्रतिनिधिहरुको जम्बो टोली ५ दिवसीय भ्रमणको लागि मंगलवार भारत प्रस्थान गरेका छन्। 

 प्रमुख जायसवालले सामाजिक संजालमा आफ्नो नामको फेसबुक वालबाट भ्रमण टोलीमा सहभागी भएका जनप्रतिनिधि तथा नजिकका समर्थकहरूको फोटो शेयर गर्दै ५ दिनको धार्मिक तीर्थ यात्रामा हरिद्वारदेखि अयोध्या सम्म लेखेर साझा गरेपछि चौतर्फी टिप्पणी हुन थालेको हो। नगर प्रमुख जायसवालले ५ दिवसीय धार्मिक यात्राले धार्मिक पर्यटकीय क्षेत्रको ऐतिहासिक र वर्तमान अवस्थाको बारेमा जानकारी पाउने अवसर प्राप्त हुने दाबी गरेका छन्। 

युवा नेता दीपक यादवले नगरपालिकाका जिम्मेवार व्यक्ति सामूहिक रूपमा एकै पटक ५ दिने भारत भ्रमणमा जानु आम जनता प्रतिको उत्तरदायित्वलाई भुल्नु भनी प्रतिक्रिया दिएका हुन्। धार्मिक स्थलको भ्रमण गर्नु राम्रो कुरो भएपनि सामूहिक रूपमा पक्ष र विपक्षको जम्बो टोली जानु भएको राजीको रकमको भ्रष्टाचार गर्नु नै रहेको टिप्पणी गरे। नगर प्रमुखको चर्को विरोध गर्ने जनप्रतिनिधिहरूले मेयर सँगै भ्रमणमा सहभागी हुनु नै भ्रष्टाचारको विषयलाई सामसुम गरी अघि बढ्ने योजना नै भएको नेता यादवले दाबी गरे। 

प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको अवस्थामा पनि धार्मिक तीर्थ स्थलको अवलोकन भ्रमण गर्न भन्दै सबै जनप्रतिनिधिहरू भ्रमणमा जानु गैर जिम्मेवार कार्य रहेको गरुडा नगरपालिका वडा नम्बर ५ निवासी शैलेन्द्र यादवले बताएका छन्। उनले भने नगर प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष ,वडा सदस्य ,कार्यपालिका सदस्य भ्रमणमा गएपछि कुनै दुर्घटना भए जिम्मेवारी कसले लिने। जनताको करको जनप्रतिनिधिले दुरुपयोग गरिरहेको आरोप लगाए। 

नगरपालिकामा कार्यरत रहेका कर्मचारीलाई समयमा तलब दिन आनाकानी गर्ने नगर प्रमुखले भ्रमणको लागि के कुन स्रोतबाट रकम ल्याएको भनी सार्वजनिक गर्नु पर्ने स्थानीय वडा नम्बर ६ निवासी रवीन्द्र यादवले माग गरे। नगर उपप्रमुख चौधरी सहित वडा अध्यक्ष अम्बिका सहनी, रामबाबू चौधरी लगायतका १० जनाले नगर प्रमुख जायसवालले नगर पालिकाको रकम अनियमितता गरेको , खर्चको विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरेर १ महिना सम्म नगरपालिकाको कामकाज अवरुद्ध परेका थिए। 

गर प्रमुखको बजेटको लागि चर्को विरोध गर्ने उपप्रमुख चौधरीले मेयर सँगै धार्मिक तीर्थ यात्रामा सहभागी भएको देखिदा चर्को आलोचना भई रहेको छ  भ्रमण टोलीमा नगर उपप्रमुखको पक्षको १४ जना सहित करिब ७० जना सहभागी भएको समाचार स्रोतको दाबी रहेको छ।