शनिबार १२ जेठ, २०८१

नेपाली समय

हरवा चरवा अधिकार मञ्च पर्साले एकै दिन तीन वटा पालिकालाई बुझायो ज्ञापन पत्र

हरवा चरवा अधिकार मञ्च पर्साले एकै दिन तीन वटा पालिकालाई बुझायो ज्ञापन पत्र

वीरगंज, २८ चैत । हरवा चरवा अधिकार मञ्च पर्साले एकै दिन पर्साको तीन वटा पालिकामा विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । मञ्चको जिल्ला समितिको निर्णय बमोजिम आज पर्साको पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका र पकहामैनपुर गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

मञ्चका पर्सागढी नगरपालिकामा कमिटी अध्यक्ष जादोलाल रामको नेतृत्वमा गएको टोलीले पालिकाका मेयर गोकर्ण पाठकालाई आगामी आ.ब।  २०८१/२०८२ को नीति तथा कार्यक्रममा हरवा चरवाको अवस्थालाई मध्य नजर गर्दै बजेट विनियोजन गर्न ज्ञापनपत्र मार्फत दबाब दिएको मञ्चको जिल्ला सदस्य धनराज रामले बताए । त्यस्तै बहुदरमाई नगरपालिकामा राजकुमार पासवानको नेतृत्वमा गएको टोलीले त्यस्तै माग राखी ज्ञापनपत्र बुझाएको हो ।

त्यसै गरी मञ्चको पकहामैनपुर गाउँपालिका अध्यक्ष सहदेव महराको नेतृत्वमा गएको टोलीले अगामी बजेटमा हरवा चरवाको माग सम्बोधन गर्नका लागि ज्ञापनपत्र बुझाएको मञ्चको जिल्ला अध्यक्ष अमरदेव पासवानले बताउनु भयो ।