सोमबार ३१ भदौ, २०८१

नेपाली समय

" संयुक्त नागरिक पार्टी " निर्वाचन आयोगमा दर्ता

" संयुक्त नागरिक पार्टी " निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, २३ चैत । उत्पीडितहरूको नेतृत्वमा गठित संयुक्त नागरिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  गत माघ ०७ गते  काठमाडौंमा दलमर्दन कामीको अध्यक्षतामा गठित संयुक्त नागरिक पार्टी दर्ता भएको हो । 

 संयुक्त नागरिक पार्टीले नयाँ विचारधारा " सर्वजातीय सामाजिक लोकतन्त्र " लाई आत्मसात् गरी जातीय जनसङ्ख्याका आधारमा पूर्णसमानुपातिक प्रणाली, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा कलष्टरमा आधारित र चक्रीयक्रम प्रणालीद्वारा राष्ट्राध्यक्ष निर्वाचित गर्ने प्रणाली अबलम्बन गर्ने जनाएको छ ।  व्यक्ति र राज्य दुबैको स्वामित्व रहने, प्रतिशील कर प्रणालीमा आधारित अर्थनीति सहितको  प्रणाली स्थापना गर्ने लक्ष्यका साथ नेपाली राजनीतिक वृत्तमा नयाँ दलकाे उदय भएको साे पार्टीका अध्यक्ष दलमर्दन कामीले बताए ।

निर्वाचन आयोगमा दल दर्ताका लागि अध्यक्ष दलमर्दन कामी,उपाध्यक्ष ईन्द्रबहादुर राई,महासचिव विदुर अधिकारी,उपमहासचिव नरेश विश्वकर्मा ,सचिव द्वय शशीकुमार विश्वकर्मा तथा शुभराज प्रजा, मिलन कार्की, निमा शेर्पा लगायत नेता तथा कार्यकर्ताहरू उपस्थित भएका थिए ।