शनिबार १२ जेठ, २०८१

नेपाली समय

एमालेको मधेस प्रदेशको प्रवक्तामा आरती भण्डारी चयन

एमालेको मधेस प्रदेशको प्रवक्तामा आरती भण्डारी चयन

रौतहट, ३० फागुन  । नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको वैठकले कार्य विभाजन तथा जिम्मेवारी दिने निर्णय गरेको छ । सो बैठकले प्रदेश कमिटीको प्रवक्ताको जिम्मेवारी नेतृ आरती भण्डारीलाई दिएको हो ।

लामो समय देखि राजनीतिमा सक्रिय रहेकी भण्डारीले नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रवक्ताको जिम्मेवारी समेत पाएकी हुन् ।  बैठकले भण्डारीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको जनाएको छ । नेकपा एमाले मधेश प्रदेश कमिटीको उपसचिव समेत रहेकी भण्डारीले आफूले पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बताएकी हुन् ।

बैठकले जनसङ्गठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक संञ्जालमार्फत जानकारी दिएका हुन् ।

यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देश्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादव, जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुख महम्द कैस, पार्टी स्कुल विभागमा शंकर महत्तो र सहकारी तथा गरिबी निवारण विभागमा अम्बिका चौलागाईलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।