बिहीबार ०१ फागुन, २०८१

नेपाली समय

सामग्री उत्पादनदेखि व्यवसाय बजारीकरण तथा सरसफाइ सम्बन्धी सात दिने तालिम सम्पन्न

सामग्री उत्पादनदेखि व्यवसाय बजारीकरण तथा सरसफाइ सम्बन्धी सात दिने तालिम सम्पन्न

रौतहट, २० फागुन । जिल्लाको चन्द्रपुर नगर क्षेत्रमा रहेका महिलाहरूले सररसफाई सामग्री बनाउने सिप तथा उद्यमशीलता विकासमा ज्ञान र सिप सिकेका छन् । यही फागुन १३ गते देखि चन्द्रपुरको होटल अल्पाईनमा सञ्चालन भएको सात दिने तालिममा महिलाले सरसफाइ सामग्री उत्पादन देखि व्यवसाय दर्ता र बजारीकरण सम्मको ज्ञान हासिल गरेका हुन् ।

सफल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा शुभ लक्ष्मी ल्यावोटिज बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा उनीहरूले तालिम पाएको हो । उक्त कार्यक्रममा सिप सिकेकी चन्द्रपुरकी स्वस्तिका ढकालले यहाँ सात दिन सिकेको सिप जीवन्त रहने बताएकी छिन् । यस तालिममा सिप मात्र नभई व्यवसाय दर्ता, बजारीकरण र उद्यमशीलता विषयमा सिक्ने अवसर पाएको उनको भनाई छ ।

यहाँ सिकेका सिपलाई व्यवहारमा ल्याउन जरुरी रहेको औँल्याउँदै उनले अब महिला उद्यमशील बन्न आवश्यक रहेकोमा जोड दिइन् । उक्त तालिममा हेण्ड वास, डिक्स, ट्वाईलेट क्लिनर, फिनेल र ग्यास क्लिनर उत्पादन गरिएको छ । तालिम अवधीभरमा ३ हजार ५ सय बोटल उत्पादन भएकाले सामग्री बजारीकरणको बारेमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेश सभा सदस्य यूवराज भट्टराई ९समिर० ले यस सहकारीमा अबद्धता भएका महिलाहरूले उत्पादन गरेको सरसफाइ सामग्रीको प्याकेजिङ्ग प्रशंसनीय रहेको बताए । यसको गुणस्तरीयता मापन गरिसकेपछि बजारमा बिक्री गर्ने सकिने उनको भनाई छ । अहिले बजारमा यस किसिमको सामग्रीको माग उच्च भएकाले बजारीकरणमा समस्या नहुने उनको तर्क छ ।

यद्यपि आफूले समेत यसको बजारीकरणमा सहयोग गर्ने बताए । आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी देवकी नेपालले उत्पादित सरसफाइ सामग्रीको मूल्य र बजारीकरणको विषयमा आवश्यक छलफल गरेर अघि बढ्ने बताएकी छिन् । उत्पादन, बजारीकरण र उत्प्रेरक विषयमा छलफल गरेर निर्णय लिइने उनको भनाई छ । यो सिप सिकेर हतियार बनाएपनि बजारीकरण विना असम्भव हुने भएकाले यसमा जोड दिन आवश्यक रहेको उनले औँल्याएको छिन् ।

विना स्वार्थ संस्थाको व्यवस्थापनले समन्वयकारी भूमिका निर्वाह गर्ने र उत्पादित सामग्रीलाई केही प्रतिशत राखेर बजारमा बिक्रीका लागि पठाउने उनले प्रष्ट पारिन् । सहकारीलाई उत्पादनसँग जोड्न आवश्यक भएकाले यो कार्य थालेको उनले बताएकी छिन् । अब एक महिना भित्रमा एनएस प्राप्त गर्ने योजनामा रहेको उनले जानकारी दिएकी छिन् ।