परासी, १७ फागुन । पश्चिम नवलपरासीको सरावलमा रहेको शिव मन्दिरको ५० स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ । सरावल गाउँपालिकाको वडा नं. २ अत्रहाटीमा अवस्थित रहेको डेढ सय वर्ष पुरानो शिव मन्दिर ५० स्वर्ण जयन्ती महोत्सव विविध कार्यक्रम गरी मनाउने लागिएको हो ।
आज शिव मन्दिर परिसरमा महाशिवरात्रि स्वर्ण महोत्सव तथा महाशिवरात्रि मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी महाशिरात्रीको उपलक्ष्यमा यही फागुन २४ देखी २७ गतेसम्म विभिन्न साँस्कृतीक तथा खेलकुद गरी ५० स्वर्ण जयन्ती मनाउने लागिएको मेला व्यवस्थापन समितिका अध्यक्ष देवनन्द चौधरीले जानकारी दिए । उनको अनुसार महाशिवरात्रीको दिन यस क्षेत्रको ठूलो मेला लाग्ने गरेको भन्दै यस मन्दिर थप संरक्षण प्रवर्द्धन गर्न र यस मन्दिर मन्दिर अगडी रहेको ऐतिहासिक पोखरी प्रचारप्रसारको निम्ति अगाडी बढाउने तथा यही उद्देश्यले चार दिन मेला लगाउने लागिएको बताए ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले मन्दिर संरक्षण र पोखरीको सौन्दर्यकरणको लागि र मेला आयोजनाको लागि ३ लाख पालिकाले बजेट विनियोजन गरेको बताए ।
यस मन्दिर भित्र रहेको धोनी चलिरहेको धोनी अझै व्यवस्थापन गर्न वडा नं. ९ लाख बजेट विनियोजन गरेको र यसमा अपुग रकम पालिकाले दिने अध्यक्ष चौधरीले बताए । उनले पालिकाले भौतिक पूर्वाधार निर्माणसँगै सरावलको भौगोलिक सम्पदा भाषा कला सांस्कृतिक जगेर्णा उदेश्य स्वर्ण महोत्सव तथा महाशिवरात्रि मेला व्यवस्थापन समिति ले विभिन्न मेला महोत्सव लगाउँदै आएको जानकारी दिए । सरावलका वडा २ वडाध्यक्ष शम्भुप्रसाद चौधरीले शिव मन्दिर १९३७ निर्माण गरिएको र महाशिवरात्रि दिनमा मन्दिरमा २०१९ साल देखी मेलाको आयोजना गरिँदै आएको यस नवलपरासी जिल्लाको महाशिवरात्रि ठूलो मेला लाग्दै आएको बताए ।
वडाले मेला आयोजना तथा स्वर्ण जयन्ती महोत्सव गर्न लागि एक लाख पचास हजार विनियोजन गरिएको जानकारी दिए । मेलाको मुख्या आकर्षण रूपमा भलिबल र कबडी प्रतियोगिता स्थानीय कला सांस्कृतिक थारु झम्टा नाच रहने सरावलका समाजसेवी प्रकाश भट्टराईले बताए ।
भलिबल प्रतियोतिामा प्रथम हुने ३० हजार द्वितीय २० हजार तृतीय हुने १५ हजार र सान्तवाना हुने ५हजार तथा कवडी प्रतियोगितामा प्रथम हुने क्रमशः २५ हजार १५ हजार १० हजार र सनत्वाना ५ हजार पुरस्कार तथा मेडल प्रमाणपत्र बितरण गरिने भट्टराईले जानकारी दिए । मन्दिरमा विभिन्न समयमा योगदान पुर्याको व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रममा रहेको स्वर्ण महोत्सव तथा महाशिवरात्रि मेला व्यवस्थापन समितिका सचिव दामोदर देवकोटाले जानकारी दिए ।मन्दिर र ऐतिहासिक पोखरी इतिहास बताउँदै राधेश्याम चौधरीले एक साल यस क्षेत्रमा सुख्खा परेको थियो सलको बिउहरू ल्याई भकारीमा ल्याएर राखेका थिए गाउँले त्यसलाई उमालेर खाने गरेको अवस्था थियो ।
त्यही अवस्था हेरी अत्रहाटी गाउँका जिम्मेदार चन्द्रशेष राय थिए । सुख्खा परेको बेला आफ्नो गाउँका आछमीहरुले भोकबाट मार्न नदिने उद्देश्यले उक्त आछामीहरुलाई यहाँ आई पोखरी खान ज्याला दिन्छु भन्दै यहाँ ठूलो पोखरी निर्माण गरिएको त्यही शिव मन्दिर निर्माण गरिएको जानकारी दिए । महशिवरात्रीमा शिव कथा बचन र मुन्डक हुने गरेको र महाशिवरात्रीमा ठूलो मेला लाग्ने गरेको छ ।