शनिबार १२ जेठ, २०८१

नेपाली समय

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूद्वारा गापा सँग सूचनाको हक माग

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूद्वारा गापा सँग सूचनाको हक माग

रौतहट, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पाटीले विभिन्न किसिमको प्रतिलिपी माग गर्दै यमुनामाई गाउँपालिकामा निवेदन दर्ता गराएको छ । नेपालको संबिधानको सूचनाको हक धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपी माग गरेको हो । 

यमुनामाई गाउँपालिकाको कार्यालयका वडा तथा पालिका भित्र रहेका करार कर्मचारीको नामावली, कार्यालयद्वारा २०७९ साल देखि हालसम्म वितरण गरेको आर्थिक सहयोगको नामावली तथा आर्थिक सहयोगको मापदण्ड, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका योजना र गहुँको विउ पाएकाहरूको नामावली माग गरेको छ ।राष्ट्रिय स्वतन्त्र पाटीका अनिल कुमार गुप्ता, हविवु रहमान, अजुवा मिँया, रमेश कुमार यादव, रंजित रामले सूचनाको माग गर्दै मङ्गलवार कार्यालयमा निवेदन दर्ता गराएका हुन् । यसैगरी सोही पाटीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।

वर्तमान अवस्थामा सूचना प्रवाहमा देखा परेको समस्या र ढिला हुने गरेको विकास निर्माणको कार्यले पालिकाबासी मर्कामा परेको उल्लेख गर्दै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा यहाँ हुने विभिन्न किसिमका विकास निर्माणमा कार्यको सर्वसाधारणले प्रष्ट थाहा पाउने गरी सूचनाको बोर्ड नराखिएको, केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सञ्चालन हुने विकास निर्माणको कार्य पारदर्शी, स्वार्थरहित तथा खुल्ला प्रतिष्पर्धाबाट हुनु पर्ने भनिएको छ । राष्ट्रिय स्वतन्त्र पाटीले बुझाएको निवेदन तथा ज्ञापन पत्र प्रति आफूहरूको ध्यानाकर्षण भएको यमुनामाई गाउँपालिकाले जनाएको छ ।