शनिबार १२ जेठ, २०८१

नेपाली समय

मुस्लिम मुक्ति मोर्चा नेपाल रौतहटद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुस्लिम मुक्ति मोर्चा नेपाल रौतहटद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गौर, १२ फागुन । रौतहटको राजपुर नगरपालिका वडा नं ६ मा नेकपा माओवादी पार्टीको भातृ सङ्गठन मुस्लिम मुक्ति मोर्चाले सामाजिक सद्भाव बिथोल्ने प्रयास नगर्न नगराउने भन्दै एक कार्यक्रम गरेको छ । नेकपा माओवादीको भातृ सङ्गठनको अध्यक्ष जहरूल हकले सनिवार रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा एक कार्यक्रमको बिचमा सामाजिक सद्भाव  कायम गर्न र असामाजिक तत्वहरूलाई तिरस्कार गर्दै आपसी भाइचारा कायम राख्न उक्त कार्यक्रम गरेको हो।

सामाजिक सद्भाव  कायम गर्न र असामाजिक तत्वहरूलाई तिरस्कार गर्न मुस्लिम मोर्चाले यो अभियान लिएर रौतहटको क्षेआएको नेकपा माओवादीका केन्द्रीय सदस्य अशोक जयसवाल बताए । सामाजिक सद्भाव बिथोल्नेलाई कानुनी कारबाही गर्नु पर्ने जयसवाल बताए । रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ६ र ७ मा भएको घटनालाई लिएर केही दिनदेखि तराईका कतिपय जिल्लामा हिन्दु र मुस्लिम समुदायबिच धार्मिक सहिष्णुता खलल गर्ने गतिविधि भएको भन्दै नेता अशोक जयसवालले आम जनसमुदायलाई सचेत पनि गरिएका छन् ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृति विशेषता युक्त र राष्ट्रिय तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै क्षेत्रबासी, जिल्ला वासी नेपाली जनता समग्रमा राष्ट्र भएको उल्लेख गर्दै माओवादी नेता जयसवाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

रौतहटको क्षेत्र नम्बर २ को ईशनाथ नगरपालिका वाड नम्बर ६ ,७ र २ मा सरस्वती पूजा उत्सवका क्रममा भएको घटनाले धार्मिक रूप लिएपछि स्थिति तनावपूर्ण हुँदै आएको छ । यस्ता घटना गराउने लाई कानुनी कारबाहीमा गराएर छाड्छौँ जयसवाल एक कार्यक्रममा बताएका छन् ।

यो कार्यक्रममा उपस्थिति रहेको माओवादी पार्टीका केन्द्रीय स्थान अशोक जयसबाल, मुस्लिम मुक्ति मोर्चा रौतहटको अध्यक्ष सेख जहरूल , सचिव एकरामुल हक, हरिनरायण साह,राजपुर नगरपालिकाको वाड नम्बर १ का वाड अध्यक्ष सेख अमिरूल, वाड नम्बर ९ का वाड अध्यक्ष सेख नसरूल्लाह, परोहा नगरपालिका वाड नम्बर ७ का वाड अध्यक्ष ,वाड नम्बर ५ का वाड अध्यक्ष सजिम अनसारी संचारकर्मी बुद्धिजीवी नेता  लगायतको उपस्थिति रहेको थियो ।