बुधबार १२ बैशाख, २०८१

नेपाली समय

जग्गा सीमानाको विवाद बिषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

जग्गा सीमानाको विवाद बिषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

(सत्येन्द्र प्रताप सिंह)

फागुन, १२ रौतहट । रौतहटमा दुई पक्षबीच जमिनको सीमानाको विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतो बीच जमिनको सीमानाको विषयमा विवाद भएको हो ।

हाल पिपरा सीमानामा बस्दै आएका दासलाई विवादको क्रममा आक्रोशित भएका महतोले  धकेल्दा बेहोस भएको स्थानीयले बताएका छन् । घटनालगत्तै  उपचारको  लागी प्रादेशिक अस्पताल गौरमा पुराइएको थियो । प्रादेशिक अस्पताल गौरका चिकित्सकले अस्पतालमा ल्याउँदा दासको मृत्यु भइसकेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जना बिच शुक्रवार दिउसो २.१० बजेको समयमा जग्गाको विषयलाई लिएर झैँ झगडा भएको हो । सो क्रममा भुईँमा लडी बेहोस भएका जयप्रकाशलाई स्थानीय अस्पतालमा चेकजाँच गर्दा उपचार हुन नसकेर प्रादेशिक अस्पताल गौरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

यस घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। झैँ झगडाको कारण र संलग्न दोषी विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।