बुधबार ०९ जेठ, २०८१

नेपाली समय

दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं, ५ माघ । राजस्व अनुसन्धान विभागले दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।

हुन्डी र सुन कारोबारको आरोपमा अग्रवाललाई नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागले जनाएको छ। साथै अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहेको छ। अवैध धन्दामा लागेको शङ्कामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अग्रवालबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ। नेपाल समाचारपत्र