परासी, १८ मङ्सिर । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण पहाडीले राजनीतिक दलहरूको कारणले लोकतन्त्र धराप परेको बताएका छन् । उनले दल र दलको कारण कार्यकर्ताहरूबाट लोकतन्त्र हत्या भइरहेको बताए । आज परासीमा मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्वारा आयोजित लोकतन्त्र प्राण सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले लोकतन्त्रलाई बचाउनको लागि नागरिक मोर्चा बनाउन आजको आवश्यकता रहेको बताए ।
पहाडीले नागरिकहरूले राजनीतिक दलहरू लोकतन्त्रमा लुट तन्त्र मच्चाएको बताए । उनले भने अहिले नागरिकहरू दलका नेताहरूलाई भ्रष्ट तन्त्र रूपमा बुझ्न थालेका भनाई रहेको थियो । देशमा भ्रष्ट र सुशासन कायम भएन भने लोकतन्त्रमा कसैले टिकाउन नसक्ने उनको तर्क थियो । लज्जास्पद अवस्था आएको भन्दै न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका तीन अङ्ग ब्यालेन्स गरेकोले चुनावमा महँगो हुँदा अहिले राजनीतिक दल भ्रष्टाचारमा लिप्त भएको बताए ।
यो देश बिचौलियाले चलाईरहेको छ, प्रचण्ड चलाएको हैन भन्दै पहाडीले अब विकृति औँल्याएर र राजनीतिक दहरको भ्रष्टाचारले गर्दा नागरिकमा निराश छाएको बताए । अहिलेको आन्दोलन दलहरुकोप्रति नागरिकको उदासीनता र भ्रष्टाचारले नागरिकहरू अर्जित भएको । राजनीतिक दलहरू आम नागरिकको दलहरूबाट चाहे अपेक्षा पुरा गर्न असमर्थ भएको पहाडीको भनाई थियो ।
मानव अधिकारकर्मीहरूलाई लोकतन्त्र बचाउनको निम्ति आन्दोलन गर्दा राजनीतिक दलहरुले शासक बनाई आन्दोलन दबाउन खोजेको बताए । उनले भने गत चुनाव रबि लामिछाने सिके राउत जस्ता चुनाव लडेर आएको र राजा ज्ञानेन्द्र लाई पनि चुनाव लडेर आउन भन्दै तर लोकतन्त्रलाई फालेर आउने खोज्ने भन्दै आम नागरिक चुप लागेर नबस्ने जिकिर गरे । संघीयताकोविषयमा नागरिकमा उठाउने थालेका छन् । सघियाता नै भनेको भ्रष्टाचार हुने थालेको रूपमा नागरिकहरू अनुभूति गरिहरेको बताए ।
मानव अधिकार तथा शान्ति समाज नवलपरासीका सभापति गणेश प्रसाद न्यौपाने अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला राजनीतिक दल नागरिक समाज पत्रकारहरू लगायतले बोलेका थिए ।