सोमबार २१ फागुन, २०८०

नेपाली समय

शिवानी र मनोजको 'बैना'

?autoplay=1&mute=1

भोजपुर, १८ मङ्सिर । शिवानी वान्तवा राई र मनोज साङ्गसोन राईको आवाज रहेको बैना नामक गीत सार्वजनिक भएको छ । पुर्वेली लोकभाकामा रहेको यस गीतको शब्द सङ्गीत शिवानी वान्तवा राईको रहेको छ ।

उनको भोजपुर खोटाङ्गे, पछ्यौरीको छेउ, राई लिम्बुनी,धोका दिनेलाई, हल्ला भो लगायतको गीतमा स्वर रहेको छ भने मनोज साङ्गसोन राई अहिलेको ब्यस्त संगीतकार,गायक तथा स्टुडियो सञ्चालक हुन् ।

मायाप्रेममा आधारित रहेको यो गीत स्टुडियो किङ्ग युटुव च्यानल मार्फत बजारमा आएको हो ।