सोमबार २१ फागुन, २०८०

नेपाली समय

नेकपा (एमाले) भातृ सङ्गठन युवासंघकाे दोस्रो पूर्ण बैठक सम्पन्न

नेकपा (एमाले) भातृ सङ्गठन युवासंघकाे दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ, ९ मङ्सिर । नेकपा (एमाले) भातृ सङ्गठन युवासंघकाे दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। च्यासलमाभएको संघकाे बैठक मङ्सिर ८  र ९ मा युवा संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैठकले युवा सङ्घको कार्य विभाजनको सम्पूर्ण अधिकार पदाधिकारीलाई दिएको छ। यसैगरी भूकम्प प्रभावित क्षेत्र रुकुम र जाजरकोटका पीडितहरूलाई युवा सङ्घका प्रत्येक सदस्यहरूले रु दुई सय उठाएर पठाउने निर्णय समेत गरेको छ। 

त्यसैगरी मङ्सिर १४ गतेबाट मध्यपहाडी लाेकमार्गबाट मेची काली एमालेको अभियानमा पुष्पलाल लोक मार्ग पर्ने २४ जिल्लामा युवा सङ्घले स्वयम् सेवकको भूमिका निर्वाह गर्ने निर्णय सहित बैठक समापन भएको थियो ।