सोमबार ३१ भदौ, २०८१

नेपाली समय

उद्योगीहरूले उत्पादन गरेको चिजबस्तु बजारीकरण नहुँदा समस्यामा

उद्योगीहरूले उत्पादन गरेको चिजबस्तु बजारीकरण नहुँदा समस्यामा

परासी, ९ मङ्सिर । पश्चिम नवलपरासीमा नवौँ उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको आयोजनामा स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान मूल नाराका साथ उद्योग कार्यालय नवलपरासीको आयोजनामा नवौँ उद्योग दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो । अन्तरक्रिया कार्यक्रम बोल्दै अधिकांश उद्योगी व्यापारी तथा साना मझौला उद्यमीहरूले उत्पादन गरेको चिजबस्तु बजारीकरण व्यवस्था नहुँदा समस्या भएको बताएका छन ।

उनीहरूले उद्यमीहरूले उत्पादन गरेको बजारीकरण व्यवस्था नहुँदा र झनै त्यसमा बैकको ब्याजदर कारणले गर्दा व्यवसायी मारमा परेको बताए । कृषि क्षेत्ररही उत्पादन गर्ने कृषि व्यवसयीहरुले समयमा मल उपलब्ध र सिँचाईको व्यवस्था नहुँदा उत्पादनमा ह्रास आउने गरेको माछा व्यवसायी देबेन्द्र चौधरीले बताए । दाउन्नेदेबी महिला बहुउद्देश्यीय संस्थाकी अध्यक्ष एव कपडाको झोला बनाउने देवी पौडेलले उत्पादन गरेको झोलाको बजार नपाउँदा र बजारीकरण उचित व्यवस्था नहुँदा व्यवसाय फष्टाउन नसकेको गुनासो गरिन । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारीले बैकको व्याजले गर्दा मार पारेको भन्दै कतिपय  उद्योगहरू बन्द भएको र उत्पादनमा कमी आएको बताए ।

राजनीति अस्थिरताको कारणले गर्दा बजार र आर्थिक चलायमान नभएको बताए । बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले व्यवसयीहरु अहिले बैकको ब्याजदरले व्यवसयीहरु मार परेको भन्दै व्यवसयीहरुले उत्पादन गरेको चिजबस्तुहरु सरकारले उचित बजारीकरण व्यवस्था नमिलाउँदा झनै मारमा परेको बताए । सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्यले व्यवसायीहरू बैकको ब्याजदर नघटाएसम्म व्यापार व्यवसयीहरु समस्या समाधान नहुने भन्दै यसमा सरकार गम्भीर भएर लग्नुपर्ने जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जिल्लामा उत्पादन भएका चिबस्तु बजारीकरणको लागि स्थानीय तहहरूको समन्वयमा बजारीकरण व्यवस्था मिलाउन पहल गर्ने बताए । निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले व्यवसायी तथा उद्यमीहरूले उत्पादनसँग जोडिने खालको बस्तुहरू उत्पादनमा जोड दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवालले आ–आफनो क्षेत्रबाट समन्वय  सहकार्य दायित्व पुरा हुँदैन जबसम्म यहाँ व्यापार व्यवसायहरु फष्टाउन बताए । उनले बजारीकरण व्यवस्था मिलाउन स्थानीय तहहरूको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै स्थानीय तहहरूले स्थानीय उत्पादनलाई जोड दिई बजारीकरण उचित व्यवस्था मिलाउनुपर्ने जोड दिए । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले आ.वा २०७८।०७९ मा उद्योग दर्ता एक हजार चार सय ५ रहेको आ. बा २०७८।७९ मा दर्ता भएका उद्योग सङ्ख्या भन्दा २०७९।८० मा आठ सय ७८ ले कमी रहेको जुन ६२.४९ प्रतिशतले कमी आएको बताए ।

उनको अनुसार २०७८।०७९ मा वाणिज्य तर्फ दर्ता सङ्ख्य एक हजार ८० वटा रहेको २०७८।०७९ मा दर्ता भएका वाणिज्य फर्म दर्ता सङ्ख्या भन्दा २०७८।०७९मा दर्ता सङ्ख्या पाँच सय ७८ ले कमी आएको जुन ५३.५१ प्रतिशत रहेको जानकारी दिए । कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष मेघराज गौतम घरेलु तथा साना उद्योग कार्यालयका नायब सुब्बा कृष्ण काफले, घरेलु तथा साना उद्योग कार्यालयका नबिन बस्याल, पटेर व्यवसायी काल्पी चौधरी,उद्योग वाणिज्य सङ्घका  उपाध्यक्ष राजेश कुमार गुप्त लगायतले शुभकामना व्यक्त गरेका थिए ।