शनिबार १२ जेठ, २०८१

नेपाली समय

२०८० मंसिर महिनाको मासिक राशिफल​​​​​​​​​​​​​​

२०८० मंसिर महिनाको मासिक राशिफल​​​​​​​​​​​​​​

२०८० मंसिर महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८० मंसिर महिना बुध ग्रह अष्ठम स्थानमा भएको शत्रु विजय हुनेछ । धन धान्यबृद्धि हुनेछ । धर्म कर्ममा अरुची बढ्न सक्नेछ महिनाको मध्यपछि । शरीरमा विकार बढ्ने छ । गणेश भगवानको आराधना गर्नु पर्नेछ । सरकारीपक्षमा रहेकाहरुलाई रोग बढ्ने देखिन्छ । ज्वरो उच्च रक्तचाप बढ्ने देखिन्छ । सन्तानबाट सुख प्राप्त हुनेछ । आय आर्जनमा प्रशस्त देखा पर्नेछ । हेलचेक्राई बढी देखा पर्नेछ । ससुरालीपक्षबाट धन लाभ हुनेछ । आर्थिक अवस्था सुधार हुनेछ । सामाजिक राजनीतक सुधार हुनेछ । महिनाको मध्यपछि कार्यमा हानी नोक्सानी ब्यहोर्न पर्नेछ ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८० मंसिर महिना घर जग्गाकोका कामगर्नेलाई लाभ हुनेछ । साझेदारी कार्यमा अवरोध, पेट सम्बन्धी समस्या हुनेछ । शिर पीडा रहनेछ । महिनाको सुरुवातीमा धन नोक्सान हुनेछ भने महिनाको सुरुमा धनलाभ हुनेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । पत्रकारिता कार्य गर्नेलाई लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । सरकारी पदमा रहनु भएकाले अलि सचेत रहनु पर्ने छ । धातुका काम गर्ने सचेत रहनु पर्नेछ । सूर्यलाई जल दिनु वा आराधना गर्नु पर्दछ । रक्त विकार हुनेछ । हात हतियारबाट सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्यमा अलि ध्यान दिनु पर्नेछ । वैदेशिक कार्यमा अवरोध हुनेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८० मंसिर महिना राजनीतिक तथा सामाजिक कार्यमा लाभ हुनेछ । रोग र शोक हटेर जानेछ । शोक र मोहलाई हटाएर अघि बढ्दा लाभ हुन सक्नेछ । तेल ग्यासका काम गर्नेलाई लाभ रहेको छ । विपरीत लिङ्गबाट मनमुटाब बढ्ने देखिन्छ । गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छ । डर त्रास बढ्ने देखिन्छ । कृषि कार्यबाट लाभ हुनेछ । विद्यार्थी बर्गले बढी मिहिनेत गर्नु पर्नेछ । वैदेशिक कार्यमा अलि कष्ट हुनेछ । कार्यमा अलि ढिला सुस्ती बढ्ने देखिन्छ । आँखा सम्बन्धी समस्या बढ्ने देखिन्छ । मानहानि हुने देखिन्छ । विपरीत वैदेशिक कार्यमा अलि कष्ट हुनेछ । कार्यमा अलि ढिला सुस्ती बढ्ने देखिन्छ । आँखा सम्बन्धी समस्या बढ्ने देखिन्छ । मानहानि हुने देखिन्छ ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८० मंसिर धार्मिक क्षेत्रमा रहेकालाई लाभ रहनेछ । आय आर्जनमा लाभ हुनेछ । विरोधीपक्षहरु परास्त हुनेछन् । कडा मिहिनेत गर्नु पर्नेछ । भूमि सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । दाजुभाइबिच सम्बन्धमा सुधार हुनेछ । प्रेममा  सावधानी अपनाउनु पर्नेछ । गीत सङ्गीतमा रहनेलाई सुरुवातीमा लाभ हुनेछ । पर्यटन क्षेत्रमा रहनेलाई । रिसलाई अधीनमा राख्नु पर्नेछ ।  कार्यमा सफलता रहनेछ । अग्नि भया बढ्ने देखिन्छ। पराक्रम बढ्ने देखिन्छ । अध्ययनमा सफलता रहनेछ । प्रेममा लाभ हुनेछ । वैदेशिक कार्यमा अलि नोक्सान ब्यहोर्नु पर्नेछ । मानसिक तनाव बढ्ने देखिन्छ । सन्तानमा पीडा दिन सक्नेछ । धन, मानहानि हुन सक्नेछ । राज्यपक्षबाट सूर्यको आराधना गर्दा लाभ हुनेछ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि वैशाख २०८० मंसिर महिना लेखन कार्यमा रहनेलाई लाभ हुनेछ । फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । मानसिक पीडा बढ्न सक्नेछ । महिनाको सुरुवातमा धनधान्यमा वृद्धि हुनेछ । मातृसुख प्राप्त, घरजग्गाकाको कारोबार गर्नेलाई लाभ हुन सक्नेछ । मंगल ग्रहको प्रभावको कारण रोग देखी डर बढ्न सक्नेछ । सेना, पुलिस, होटल सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यपछि लाभ हुन सक्नेछ । साझेदारी पेशा व्यवसायबाट लाभ हुन सक्नेछ । आफन्तजनबाट लाभ हुन सक्नेछ । आभूषण, कला, सङ्गीत क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । घरेलु सम्बन्धी कार्य गर्नेलाई लाभ हुन सक्नेछ । लेखन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । कृषि सम्बन्धी कार्य गर्नेलाई लाभ हुन सक्नेछ । प्रेममा समस्या हुन सक्नेछ । सूर्य ग्रहको प्रभावको कारण मानहानि हुन सक्नेछ । मनमा अल्छीपन आउन सक्नेछ । यात्रामा अवरोध, मानहानि हुन सक्नेछ । सूर्यको आराधना गर्नु पर्नेछ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० मंसिर महिना आटहिम्मत बढ्न सक्नेछ । रोग, शोकबाट मुक्ति हुने अवस्था रहेको छ । आय आर्जनमा वृद्धि हुनेछ । धनधान्यमा वृद्धि हुनेछ । गृहस्थी जीवनमा सुख प्राप्त रहने ग्रह छ । प्रेममा सफलता रहेको छ । पत्रकारिता, फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । वैदेशिक कार्यबाट लाभ हुनेछ । कार्यमा ढिलासुस्ती हुनेछ ।  विरोधीपक्ष परास्त हुनेछन् । सरकारी क्षेत्रमा रहेकालाई लाभ हुनेछ । खराब मान्छेले दुःख दिन सक्ने फसाउने ग्रह गोचर रहेको छ । सेना, पुलिसमा रहेकाहरू सजग रहनु पर्नेछ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० मंसिर महिना शरीरमा रहेका रोग हटेर जान सक्नेछन् । नविन विचार आउनेछन् । शृङ्गारिक सामाग्रीमा धन खर्च हुनेछ । विपरीत लिङ्गबाट सुख प्राप्त हुनेछ । अध्ययनमा मन लाग्नेछ । विरोधीपक्षहरु परास्त हुनेछन् । सरकारी कार्यमा अवरोध हुनेछ । विद्यार्थी वर्गमा कडा मिहिनेत गर्नु पर्नेछ । वैदेशिक क्षेत्रमा लाभ हुनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । बस्त्र आभूषण सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । खाद्य सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । बाणीमा निखारपन आउन सक्नेछ । लेखन, पत्रकारिता, कला, सङ्गीत क्षेत्रमा लाग्नेलाई विरोधीपक्षबाट अलि अवरोध हुन सक्नेछ । डरत्रास उत्पन्न हुनेछ । सेना पुलिस क्षेत्रमा रहनेहरूलाई सचेत रहनु पर्नेछ । वैदेशिक क्षेत्रमा रहनेहरूले मिहिनेत गर्नु पर्नेछ ।​​​​​

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० मंसिर महिनामा स्थान परिवर्तनका साथै रक्त सम्बन्धी समस्या बढ्न सक्नेछन् । मानसिक पीडा बढ्न सक्नेछ । धार्मिक कार्यमा लाग्दा लाभ हुन सक्नेछ । धातु सम्बन्धी कार्य गर्नेलाई हानी नोक्सानी ब्यहोर्नु पर्नेछ । होटल सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । हनुमान भगवानको आराधना गर्नु पर्नेछ । आभूषण, कला, सङ्गीत, नित्य सम्बन्धी क्षेत्रमा रहनेहरूलाई लाभ रहनेछ । प्रेममा सफलता रहको छ । वैदेशिक क्षेत्रमा रहनेलाई शुभ रहनेछ । पराक्रममा वृद्धि हुनेछ । आभूषण सम्बन्धी कार्यमा लाभ हुनेछ । भाषण कलामा वृद्धि हुन सक्नेछ । मित्रजनबाट लाभ हुनेछ । लेखन कार्यमा रहनेलाई लाभ हुनेछ । अलि मिहिनेत गर्नु पर्ने देखिन्छ । मंगल ग्रह  खराब रहेको हुँदा सावधानी अपनाउनु पर्नेछ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिना विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । मानसम्मान प्राप्त हुनेछ । नयाँ नयाँ सामाग्रीमा धन खर्च बढ्ने देखिन्छ । कृषि सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । प्रेममा अलि सावधानी अपनाउनु पर्नेछ । स्वास्थ्यमा समस्या बढ्ने देखिन्छ । मानसिक तनाव बढ्ने देखिन्छ । दाजुभाइ बिचमा सम्बन्धमा चिसो पन आउन सक्नेछ । पराक्रम बढ्ने देखिन्छ । वैदेशिक क्षेत्रमा कार्य गर्नेलाई लाभ हुन सक्नेछ । आर्थिक नोक्सान हुनेछ । मित्रजनबाट समान व्यवहार गर्नु पर्नेछ । लेखन, पत्रकारिता क्षेत्रमा रहनेहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८० मंसिर महिनामा आज आर्जनमा वृद्धि हुनेछ । कडा मिहिनेत गर्नु पर्नेछ । मांगलिक कार्यमा मन लाग्नेछ । भोगविलास सम्बन्धी कार्यमा खर्च बढ्ने छ । प्रेम प्रेमिकाबिच रहेको मनमुटाब बढ्ने छ । पर्यटन, कला, सङ्गीत क्षेत्रमा रहनेलाई लाभ हुनेछ । ठेकेदारी कार्य गर्नेलाई लाभ हुन सक्नेछ । औषधी सम्बन्धी कार्य गर्नेलाई लाभ हुन सक्नेछ । बोल्दा सावधानी अपनाउनु पर्नेछ । विरोधीपक्षले दुःखकष्ट दिन सक्नेछन् । गणेश भगवानको आराधना गर्नु पर्नेछ । यसमा वृद्धि हुन सक्नेछ । लेखन, मेसिनरी सम्बन्धी कार्यमा लाग्नेलाई विरोधीपक्षबाट नोक्सान ब्यहोर्न पर्नेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिनाको धनधान्य वृद्धि हुनेछ । राज्यपक्षबाट लाभ हुनेछ । पदोन्नती हुने देखिन्छ । मान प्रतिष्ठा बढ्ने देखिन्छ । मानसिक तनाव चिन्ता बढ्ने देखिन्छ । आर्थिक भार हट्न सक्नेछ । प्रेस, प्रिन्टीङ्ग सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । मानसिक तनाव चिन्ता बढ्ने छ । गीत सङ्गीत, राजनीतिक क्षेत्रमा रहनेलाई तनाव बढ्नेछ । धनधान्यमा वृद्धि हुनेछ । धातु, लेत, ठेकेदारी कार्य गर्नेलाई पराक्रम बढ्ने देखिन्छ । तनाव बढ्ने देखिन्छ । विरोधीपक्षबाट सावधानी अपनाउनु पर्नेछ । मातालाई स्वास्थ्यमा खराब आउने सक्नेछ । होटल, सेना, पुलिस, अग्नि सम्बन्धी कार्य गर्नेलाई नोक्सान ब्यहोर्न पर्नेछ ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८० कार्तिक  महिनाको शत्रु पराजित हुन सक्नेछन् । राज्यबाट लाभ हुनेछ । मनमा आट आउने छ । विभिन्न मानसिक तनावमा राहत मिल्नेछ । गीत, कला, सङ्गीत, आभूषण, पर्याटसेना, पुलिस रहने लाई लाभ हुनेछ । भय हटेर जानेछ । तेल, ग्याँस, सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । आय आर्जन वृद्धि हुनेछ । सूर्यको आराधना गर्नु पर्नेछ । साझेदारी पेशामा लाभ हुनेछ । ब्यापारमा वृद्धि हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । फलाम, माटो सम्बन्धी कार्य गर्नेलाई शुभफल प्राप्त हुनेछ । विद्यार्थी वर्गले अलि मिहिनेत गर्नु पर्नेछ । 

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer