परासी २४ कार्तिक । पश्चिम नवलपरासीमा दोस्रो जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन नवलपरासीको आयोजनामा सुनवलमा दोस्रो जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
विद्यर्थाीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले जानकारी दिए । उनले भने प्याब्सनको केन्द्रीय समितिको आब्हान गरे अनुसार बिद्यार्थीहरु पढाईसंगसगै उनीहरुको भित्र रहेको प्रतिभालाई उजागर गर्ने भनी उक्त प्रतियोगिता गरिएको बताए ।
प्रतियोगितामा सुनवलको यूनाईटेड एकेडेमी प्रथम हासिल गरेको छ र द्धितिय स्थान न्यू लाईफ सेकेण्डरी बर्दघाटले गरेको छ । त्यस्तै तृतीय स्थान हासील गर्ने स्कुल द पाईनियर सेकेण्डरी सुनवल भएको छ भने होली एञेल्स सेकेण्डरी सान्त्वना भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनको अनुसार प्रथम द्वितीय स्थान हासिल गर्न सफल भएका विद्यालयले प्रदेश स्तरीय प्रतियोगिता भाग लिन पाउने बताए ।
जिल्लामा प्याब्सन ६४ वटा विद्यालय आबद्ध रहेका छन भने प्रतियोगितामा २३ विद्यालयहरूले भाग लिएको प्याब्सनका सहसचिव यञप्रसाद न्यौपाने जानकारी दिए । विजयी हुने टिमहरूलाई शिल्ड मेडल प्रमाणपत्र दिइएको थियो ।
प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्ष तथा शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख पूर्ण बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्याब्सनका केन्द्रीय सचिव सुवर्ण न्यौपाने, प्याब्सनका जिल्ला सल्लाहकार ईन्द्र गुरुङ सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, प्याब्सन बरिष्ठ उपाध्यक्ष डम्बर गुरुङले विजयी टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।