सोमबार २१ फागुन, २०८०

नेपाली समय

जाजरकोट भूकम्प अपडेट : रूकुम र जाजरकोटमा मात्रै ७८ जनाको मृत्यु, सयौं घाइते

सरकारले घाइतेकाे उद्दारका लागि स्वास्थ्यकर्मीसहितकाे हेलिकाेप्टर पठाउँदै

जाजरकोट भूकम्प अपडेट : रूकुम र जाजरकोटमा मात्रै ७८ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं, १८ कत्तिक । पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौँ जना घाइते भएका छन् । रूकुम ३० जना र जाजरकोटमा ४८ जना गरी ७८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकले जानकारी दिएका छन् ।
उनका अनुसार घरहरू धेरै भत्किएका छन्। घाइतेहरूबारे पूर्ण जानकारी आइनसको र सङ्कलनको कम भइरहेको बताइ एको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका घाइतेहरूको तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालित हुन निर्देशन दिएका छन् । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत वितरणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गर्न निर्देशन दिएका हुन् ।  उक्त प्रधानमन्त्रीकाे निर्देशनपछि सुरक्षा निकायको टोली भूकम्प स्थल  जाँदै छ ।

सरकारले घाइतेकाे उद्दारका लागि स्वास्थ्यकर्मीसहितकाे हेलिकाेप्टर पठाउँदै

सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मीसहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो । भूकम्पका घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्’ सामाजिक सञ्जालमार्फत हेलो सरकारले भनेको छ, ‘घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भइरहेको छ।’