शुक्रबार ११ जेठ, २०८१

नेपाली समय

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिंदै

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिंदै

काठमाडौं, १ कत्तिक । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई 'गज्जब चाडपर्व अफर' याेजना अन्तर्गत ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले एक सूचना जारी गदै नेपालीहरूको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छठ पर्वको उपलक्ष्यमा 'गज्जब चाडपर्व अफर' याेजना अन्तर्गत ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट भएको हो ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।