सोमबार २५ मंसिर, २०८०

नेपाली समय

चरेशसहित दुईजना पक्राउ

चरेशसहित दुईजना पक्राउ

खलङ्गा, २२ साउन । दार्चुलामा चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलङ्गाका ६६ वर्षीय मानसिंह ठगुन्ना र  नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले छ किलो एक सय ग्राम चरेस बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक वीरेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।