मंगलबार २२ असोज, २०८१

नेपाली समय

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस

शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस

काठमाडौँ, ६ साउन । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस सम्पन्न भएको छ । शुक्रबार नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)ले माइतीघर मण्डलामा कार्यक्रम आयोजना गरेको थियो ।

संयुक्त विद्यार्थी आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियनको इन्चार्ज एवं नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य मानुषी यमी भट्टराईले शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आवश्यक भएको बताउनुभयो । उहाँले शिक्षा ऐन  तत्काल जारी गरी शिक्षा क्षेत्रको बेथिति अन्त्य गर्न सरकारसँग माग गर्नुभयो । विश्वविद्यालय शैक्षिक क्यालेन्डर बन्न नसकेकोले विद्यार्थीको पढाई अस्तव्यस्त बन्न गएको बताउनुभयो ।

त्यसैगरी विवेकशिल पार्टीको उपाध्यक्ष रन्जु दर्शनाले शिक्षा ऐन गर्न पुरानो राजनीतिक दल तयार नभएको बताउनुभयो । पुरानो दलको नेताहरूको लगानी शैक्षिक क्षेत्रमा  रहेकोले उहाँहरू शिक्षा ऐन  ल्याउन पहल नगर्नुभएको प्रष्ट छ उहाँले बताउनुभयो । शिक्षा ऐन जारी गराउन निरन्तर खबरदारी गरिरहने र अर्को आन्दोलनको कार्यक्रम चाडै सार्वजनिक गर्ने नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय उपाध्यक्ष ओम महतो संग्रामले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल समाजवादी विद्यार्थी युनियन अध्यक्ष नेत्र चापागाईं, अखिल (क्रान्तिकारी)को संयोजक पवन कार्कीले शिक्षा ऐन विषयमा धारणा राख्नुभएको थियो ।