शुक्रबार १८ असोज, २०८१

नेपाली समय

परासी सदरमुकाममा नबिल बैङ्कको शाखा बिस्तार  

परासी सदरमुकाममा नबिल बैङ्कको शाखा बिस्तार  

परासी, १८ जेठ । पछिल्लो समयमा तीव्र  सहरीकरण  र वित्तीय गातिबीधी बृद्धिसगै परासीमा  नबिल बैङ्क लिमिटेडले आफनो शाखा बिस्तार गरेको छ । नवलपरासीको सदरमुकाम स्थित रामग्राम नगरपालिकाको वडा न ३ मा बैकले आफ्नो २५५ शाखाको रूपमा बिस्तार गरेको हो ।

विसं २०४१ असार १२ गते स्थापना भएको उक्त बैङ्कले स्थानीय समुदायका घर दैलोमा नै बैङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको नबिल बैक लुम्बिनी प्रदेशका प्रमुख कृष्ण थापाले जानकारी दिए । लुम्बिनी प्रदेशका सांसद बैजनाथ कलवार र नबिल बैक लुम्बिनी प्रदेशका प्रमुख कृष्ण थापाले संयुक्त रूपमा शाखा उद्घाटन गरेका थिए । उद्घाटन गदै प्रदेश सांसद कलवारले बैकले दिन सेवा  जनतालाई खुसमा मात्र नभई दुखमा पनि अनुभूति दिन खालको सेवा प्रभाव र सहज रूपमा दिनुपर्नेमा जोड दिए । उनले जनता लिने सेवामा सहज सुलभ तरिकाले  बैकले सेवा दिने छ बिश्वास व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले वित्तीय क्षेत्रको बिकाससगसगै अहिले आर्थिक बन्दीको कारण पनि मारमा रहेका जनतालाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले भने बैकले  सेवाग्राहीलाई मध्ये नजर गरी सेवालाई सहज तरिका र सेवाप्रवाहमा सहजता अपनाउन जरुरी रहेको बताए ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधी तिवारीले बैकले दिने सेवामा जनताको अपनत्व हुने गरी सेवा प्रवाहमा सहजता र सेवाग्राही आवश्यकता अनुसार सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नबिल बैँक परासी शाखाका प्रबन्धक अशिष पन्थीले सरल र सहज रूपमा सम्पूर्ण बैङ्किङ सेवा उपलब्ध गराउने  र  सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैँकको  सहज सुलभ तरिकाले सेवा दिने बताए । उनको अनुसार बैकले निक्षेप तर्फ ३ खर्ब ७३ अर्ब र कर्जा तर्फ ३ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिए ।

देशभरमा १८ लाख ४८ हजार ४सय ८२ जना सेवाग्राहीहरू रहेको पन्थीले बताए । शाखा उद्घाटनमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य बिरेन्द्र अग्रहरी,नेपाल पत्रकार महासंघ नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माले शुभकामना व्यक्त गरेका थिए ।