मंगलबार १५ फागुन, २०८०

नेपाली समय

गाेरखपुरमा नेपाली पत्रकार सम्मानित

गाेरखपुरमा नेपाली पत्रकार सम्मानित

गाेरखपुर, १६ जेठ । आराेही डटकमका सम्पादक मेवालाल यादव, इण्टरभ्यू खबर डटकमका सम्पादक इसत्याक अहमदलगायत पाँचजना नेपाली पत्रकारलाई इण्डियन जर्नलिष्ट एशाेसिएनले सम्मानित गरेको छ ।

इण्डियन जर्नलिष्ट एशाेसिएशनकाे चौथो राष्ट्रिय अधिवेशनको अवसरमा एशाेसिएशनले नेपाल तथा भारतको समेत पत्रकारितामा अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको थियो । सम्मान पाउने अन्य नेपाली पत्रकारहरूमा वीरगञ्जकाे आजतक नेपाल दैनिकका सहसम्पादक नुर आलम, रौतहटका आफताब आलम र सुनिल रजकलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री जाकिर हुसैन र इण्डियन जर्नलिष्ट एशाेसिएशनका अध्यक सेराज कुरैशीले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गरेका थिए ।

वरिष्ठ पत्रकार डा. एस.पी. त्रिपाठीकाे अध्यक्षतामा यो कार्यक्रम गाेरखपुरकाे एक कलेजमा सम्पन्न भएको थियो । कार्यक्रममा भारतका अधिकांश प्रान्तका पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।