२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:११:१३

 

हिन्दुको धार्मिक कार्यक्रममा मुस्लिम कार्यक्रम प्रमुख, भाइचाराको सन्देश

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ साउन ३२, आइतबार ,०२:३२:PM  
img-responsive

रौतहट, ३२ साउन।  पशुपति अन्नपूर्ण आश्रम केन्द्रीय समितिले पर्सा जिल्लामा धार्मिक अध्यक्ष घोषणा गरेको छ । शनिबार श्री शिवपार्वती एवम बैधिमाई कालीमाई मन्दिर संरक्षण सेवा समिति बीरगंज २२ पर्सामा आयोजित एक कार्यक्रमका बीच धार्मिक जिल्ला अध्यक्ष घोषणा गरिएको हो । उक्त कार्यक्रमबाट मनोज कुमार गिरी अध्यक्षमा चुनिएका छन् ।
बिरगंज महानगरपालिका वडा न २२ का अध्यक्ष मोहम्मद ग्यासुद्धिन मियाको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा गिरीलाई अध्यक्ष र ज्ञान चन शाहलाई सदस्यमा चयन गरिएको छ ।

उक्त वडाको नेतृत्व एक मुसलमान व्यक्तिले गरेको भएता पनि हिन्दुहरुको संस्थाको जिल्ला समिति नै निर्माण गर्न सक्रियता देखाएपछि त्यहाँका वडाध्यक्ष मोहम्मद ग्यासुद्धिन मियाको धेरैले प्रशंसा गरेका छन् । उक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मियाले सबैले मानवता प्रति पहिलो सोच राखेमा धार्मिक द्वेष आफैं हटेर सभ्य समाज निर्माण गर्न सकिने बताए । मानवता भित्रको कर्तव्य बोधले मानिसमा भाईचाराको सम्बन्ध स्थापित गराउँने भएकोले सबैको जोड यसैमा हुनु पर्ने उनको भनाई रहेको थियो ।

आश्रमका केन्दीय अध्यक्ष कुल बहादुर पाण्डे (केबि सम्राट) ले काठमाडौंबाटै भिडियो कन्फ्रेन्स गरेर जिल्ला अध्यक्षलाई शुभकामना दिए । साथै अध्यक्ष पाण्डेले मुसलमान व्यक्तिको नेतृत्वबाट यस्तो कार्य गर्न पाउँदा धार्मिक भाईचाराको सन्देश दिन सकिएकोमा हर्षित भएको बताउँदै बिरगंज २२ वडाध्यक्ष मोहम्मद ग्यासुद्धिन मियालाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com