२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:२८:२३

 

सुनको मुल्यमा भारि गिरावट

img-responsive
गोठालो खबर -२ २०७७ साउन २८, बुधबार,०७:३०:PM  
img-responsive

२८ श्रावण, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मुल्यमा भारि गिरावट आएको छ।  मंगलबारको तुलनामा एकै दिन प्रति तोला ६ हजार २ सय रुपैयाँले  मुल्य घटेर कारोवार भएको यो पहिलो ऐतिहासिक घटना हो। 

हिजो मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ६ सय थियो । तर आज  प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएको छ। हिजो मंगलवार १ लाख १ हजार १ सय मा कारोवार भएको सुन पनि  प्रति तोला ६ हजार २ सय रुपैयाँले  मुल्य घटेर नै कारोवार  भएको छ भने चाँदीको मूल्य प्रति तोला १२ सय १० रुपैयाँमा कारोवार भएको छ ।

व्यवसायीहरु तथा विज्ञहरुको दाबी अनुसार कोरोना भाइरस को प्रभाव कम हुनु र रुस ले कोरोना भाइरस को औषधि पत्ता लगाएको समाचारले  अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्यमा गिरावट आएको हो। 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com