२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:५१:२५

 

एक घर एक PCR Test हुनुपर्ने माग सहित PCR Machine जडान गर्न माग

img-responsive
अब्दुल समाद , २०७७ साउन २५, आइतबार ,१०:४७:PM  

अब्दुल समाद , रौतहट

रौतहट २५ श्रावण। रौतहट नेकपा नगर कमिटी अध्यक्ष  मोहन प्रसाद मेहता ले दोस्रो चरण को लकडाउन पालना गर्न आग्रह गर्दै एक घर एक PCR Test हुनुपर्ने, PCR test को दायरा बढाउनु पर्ने  र त्यसको लागि PCR Machine जडान गर्न सम्बन्धित निकाय सँग जोडदार माग राखेका छन् । समुदाय स्तरमा कोरोना को महामारी फैलिरहेको बेला सरकारले यसको नियन्त्रण गर्ने उदेश्य ले दोस्रो चरण को लकडाउन कडाइका साथ लागू गर्नु आफै मा राम्रो निर्णय भएको ले यसको पालना गर्नु सबैको कर्तव्य हो ।

आज रौतहट नेपाल कै सर्बाधिक संक्रमित हुने जिल्ला भए ता पनि सरकारको गैरजिम्मेवारिपन ब्यवहार को कारण अहिलेसम्म रौतहटमा PCR Machine आउन नसक्नु दुखद कुरा भएको छ। रौतहटमा संक्रमण बढी रहेको ले  एकघर एक PCR को योजना आउन जरुरी देखिन्छ । तसर्थ सोही योजना अनुरुप तत्काल रौतहटमा दक्ष प्रविधिक जनशक्ति सहित PCR Machine जडान गराउन संबंधित निकाय सँग जोडदार माग राख्दै संक्रमित हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने सचेत र सुरक्षित रहन सम्पुर्ण न्यायप्रेमी जनसमुदाय सग आग्रह पनि गरेका छन्। छिमेकी जिल्ला लगायत रौतहट जिल्लाको विभिन्न स्थानीय तहको समुदायमा पनि कोरोना संक्रमण देखिन थालेपछी कोरोना जोखिम अझै जटिल हुने देखिन्छ !

अब पहिला भन्दा धेरै सतर्कता अपनाउनु पर्ने अवस्था बनिसकेको हुदा सम्पुर्णले मास्क,सेनिटाईजर , साबुन वा हैन्ड्वासले हात धुनुको साथै समाजिक दुरी बनाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना र पौष्टिक आहारको नियमित सेवन गरौ ! साथै छिमेकी रास्ट्र भारत वा नगर बाहिर बाट आउनेलाई घरमा नराखी नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा पठाउनु र नमाने नजिकको प्रहरी चौकीमा खबर गरि आफू र नगरबासीलाई सुरक्षीत राख्न मद्दत गरिदिन अपिल गरेक छन्।  

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com