२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:४६:३८

 

नेपालमा कोरोना भयावह बन्दै , ३ जनाको मृत्यु

img-responsive
गोठालो खबर २०७७ साउन १५, बिहीबार,०३:२३:PM  
img-responsive

१५ श्रावण  २०७७। नेपालमा कोरोना भयावह बन्दै जादा हिजो र आज गरेर ३ जनाको मृत्यु भईसकेको छ। मृत्यु हुने हरुमा १ जना बिरगंज रेसमकोठीका ६८ वर्षीय बृद्ध रहेका छन्। उनको बिरगंज को गण्डकी स्थित कोरोना अस्पतालमा मृत्यु भएको हो भने अर्का १ जना बिरगंज महानगरपालिका माइस्थानका ७० वर्षको बृद्ध रहेका छन् जसको बिरगंज नेसनल मेडिकल कलेजमा उपचार भैरहेको अवस्थामा मृत्यु भएको हो। 

त्यस्तै अर्का ४५  वर्षका एकजना पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा मृत्यु भएको हो। उनि मोरङ सुनबर्सी नगरपालिका- ८ सिक्टीका थिए। संक्रमित संख्यामा दिन प्रतिदिन वृद्धी हुदै जादा यस्तो अवस्था आएको हो।  नेपालमा  कोरोना भाईरस बाट   संक्रमित  भई हालसम्म मृत्यु हुनेको संख्या ५२ जना पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com