२०७८ असार १०, बिहीबार

img-responsive

१२:२३:२६

 

नहरको पानी समयमा बितरण भएपछि पश्चिम नवलपरासीमा धान रोपाइँ सुरु

गोठालो खबर
गौरीशंकर जयसवाल , २०७८ जेठ २७, बिहीबार,११:०६:PM  
img-responsive

परासी, २७  जेठ । नेपाली नहरमा पानी बितरण भएपछि पश्चिम नवलपरासीका किसानहरू धान रोपाइँमा जुटेका छन् । विगत वर्षमा समयमा नहरमा पानी नआउँदा समस्यामा पर्दै आएका गण्डक कमाण्डका नेपाली नहरमा पानी यस समयमा पानी आएपछि किसानहरू धान रोपाइँमा जुटेका हुन ।

नहरमा पर्याप्त पानी बितरण भएपछि कमाण्ड क्षेत्रका किसान अहिले धान रोपाइँ आतुर देखिएका छन्  । नेपाल गण्डक पश्चिम नहर सिचाई प्रणाली सेमरीले यस वर्ष बृहत् कार्यक्रम अन्तरगत नहर सफाइ गरेपछि नहरमा पर्याप्त पानी आएको हो । नेपाली नहरमा ३ सय क्युसेक पानी आउने भएको भएपनि नहरमा बालुवा जम्ने गरेका कारण विगत वर्षहरूमा पर्याप्त पानी नआउँदा किसान समस्यामा पर्दै आएका थिए । नहर सफाइ भएपछि ३ सय क्युसेक पानी नहरमा आएको नेपाल गण्डक पश्चिम नहर सिंचाई प्रणाली सेमरीका अध्यक्ष हैदर अली मोमीनले बताए । उनका अनुसार यस वर्ष २२ करोडको लागतमा नहर सफाइ भएको हो ।

८ हजार ७ सय हेक्टर कमान क्षेत्र रहेको पश्चिम क्षेत्रमा ४ हजार हेक्टर जमिनमा सिंचाई हुने गरेको अध्यक्ष अलीले बताए । ३२ किलो मिटर लम्बाई रहेको नहरले पश्चिम नवलपरासीका ६ स्थानीयतमा सिचाई सुविधा पुर्‍याएको छ । ३ शाखा ७ माईनर २६ एम.सी र १सय ६२ साना कुला नहरमा रहेका छन् । पश्चिम नवलपरासीका किसान पश्चिमी नहरबाट धान, गहुँ, उखु लगायतका खेती सिंचाई गर्दैछन् । नेपाली नहरमा ३ सय क्युसेक पानी आउने व्यवस्था भएको भएपछि नहरमा बालुवा भरिने समस्याका कारण कम पानी आउने गरेका कारण यस क्षेत्रका किसान समस्यामा पर्दै आएका थिए ।

नेपाल गण्डक पश्चिम नहर सिंचाई प्रणालीले यस वर्ष समयमा नहर सफा गरेर समयमा नहरमा पानी वितरण सुरु गरेपछि यस क्षेत्रका किसान धान रोपाइँमा जुटेका हुन ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit