२०७८ असार १०, बिहीबार

img-responsive

१२:०७:२५

 

१ अंकले घट्यो नेप्से,  एचआईडिसिएलको कारोबार सर्वाधिक

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०६:०७:PM  
img-responsive

काठमाडौं, २७ जेठ । शेयर बजारमा आज सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक ०.६ प्रतिशत अर्थात् १.८० अंकले घटेर आज २९ सय ४४ विन्दुमा थामिएको हो । सेन्सेटिभ इन्डेक्स भने आज २.५९ अंकले बढेर ५२७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज नेप्से परिसूचक अनुसार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटक कारोबार भएर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको ३ करोड ६० लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिद बिक्री भएको हो ।

नेप्सेको अनुसार आज पाँचथर पावर कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ । कम्पनीको आज १० प्रतिशत अर्थात् ३५ रुपैयाँले शेयर मूल्य बढेर ३८५ रुपैयाँ अन्तिम मूल्य कायम भएको छ ।

त्यस्तै, शिवश्री हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत अर्थात् ३२ रुपैयाँले शेयर मूल्य बढेर ३५३ रुपैयाँ अन्तिम मूल्य कायम भएको छ । आज कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
 ङादी ग्रुप पावर कम्पनीको ९.९३ प्रतिशतले शेयर मूल्य बढेर ४६५ रुपैयाँ अन्तिम मूल्य कायम भएको छ । यसैगरी, आज माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनीहरुको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा सबैभन्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड  डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)को कारोबार सर्वाधिक भएको छ । कम्पनीको ५८५ रुपैयाँ प्रतिकित्ता शेयर मूल्य कायम भई ९३ करोड ९२ लाख बढीको आज कारोबार भएको हो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको आज १९ सय ५ रुपैयाँ प्रतिकित्ता शेयर मूल्य कायम भई ४५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेप्सेको अनुसार आज बिहीबार १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit