२०७८ असार १०, बिहीबार

img-responsive

१२:०२:३२

 

बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०५:२५:PM  
img-responsive

झापा, २७ जेठ । बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराई मंगलबार पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी झापा भद्रपुर नगरपालिका(१ बस्ने ३८ वर्षीय मदन सुब्बा योङहाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत ईलामको २०७३ वैशाख ७ गतेको फैसलाले १ महिना १५ दिन कैद र ४७ हजार २ सय ८५ रुपैयाँ १० पैसा जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit