२०७८ असार ९, बुधबार

img-responsive

११:०६:३२

 

ढाड नचल्न भएपनि निनाले गरिन् पिएचडी

चुनौतीसँग डराउने होइन सिक्ने हो । –नीना निजर

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०३:०७:PM  
img-responsive

एजेन्सी, २७ जेठ । नीना रीढ ढाड सम्बन्धी एक दुर्लभ रोगबाट पीडित छिन् । रोगको कारण उनी चल्न सक्दिनन् । तर त्यत्ति धेरै समस्या भएपनि उनले जिन्दगीका चुनौती सामना गर्न तयार हुन्छिन् । निबन्ध, पेन्टिङ र वाद विवाद प्रतियोगिताबाट पनि उनले धेरै पुरस्कार हात पारेकी छिन् ।

नीनाको जन्म दुबईको एक व्यवसायी अब्दुल करीम नीजरको घरमा भएको थियो । उनी एक वर्षको भएपछि उनको हड्डीहरू कमजोर भएको पत्ता लागेको थियो । त्यत्ति बेला देखि नै उनी हिँड्न नसकेकी हुन् । उनलाई डाक्टरहरूले भिटामिन डी को कमी भएको बताएपछि उनको धेरै पटक सम्म सर्जरी पनि भयो तर उनलाई कुनै पनि उपचारका विधिले काम गरेनन् । पछि भारतको चेन्नई, लन्डन, अमेरिकामा पनि सर्जरी भयो तर कतैको उपचारले उनलाई ठिक गराउन सकेन । र उनी दुबई फर्किइनु । कतै उपचार नभएपनि निराशा नभएकी निनाले दुबईमा नै एमफिल गरिन् ।

पछि निनाले अशक्त बच्चाहरूको लागि उत्प्रेरित गर्नमा समय खर्चन थालिन् । बच्चाहरूको लागि प्रेरक कक्षा संचालन गर्न थालिन् । त्यसपछि उनले अमेरिकाका एक पुरुषसँग विवाह गरिन् । र दुई सन्तानको आमा बनिन् । तर उनका दुई सन्तानलाई पनि निनालाई जस्तै रोग लाग्यो । उनीहरूलाई अमेरिकाको जेसन फाउण्डेशनमा उपचार भयो ।

यस्तो परिस्थितिको बिचमा पनि निनाले दबईबाट अमेरिका सिफ्ट भएर युएस युनिर्भसिटिबाट एजुकेशन लीडरसीपमा पिएचडी गरेकी छिन् । हाल नीनाको उपचार र संघर्ष दुवै एकसाथ चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit