२०७८ असार ९, बुधबार

img-responsive

१०:४७:१९

 

अष्ट्रेलियामा अध्ययनरत सुजन बानियाँद्धारा ३२ घरधुरीलाई खाद्यान्न सहयोग

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०२:२७:PM  
img-responsive

तनहुँ, २७ जेठ । कोरोना महामारीमा बन्दिपुर गाउँपालिका वडा नं. २ का ३२ घरधुरी परिवारलाई अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सुजन बानियाँले खाद्यान्न सहयोग गरेका छन् ।

जेठ २७ गते वडा प्रतिनिधिको रोहवरमा कोरोना संकट बढेसँगै समस्यामा परेका एकल महिला, अपाङ्ग र अशक्त गरी ३२ घरधुरी परिवारलाई ३२ परिवारलाई सुजनका हजुरबुवा मोहन बानियाँले  १ बोरा चामल, एक पोका तेल र एक पोका नुनका दरले वितरण खाद्यान्न वितरण गरेका हुन् ।

सुजनका हजुरबुवा मोहन बानियाँले अध्ययन गर्न गएको नातिले अष्ट्रेलियाबाट पठाएको रकमले कोरोना महामारीको अफ्ठेरो परिस्थितिमा सहयोग गरेको बताए ।

उनले भने, ‘कोभिड–१९को महामारीको कारण समस्या भएका एकल महिला, अपाङ्ग र अशक्त परिवारलाई थोरै भएपनि खाद्यान्न वितरण गरेर मलम लगाएका हौ ।’  

सुजनकी आमा फुलमायाँ बानियाँले छोराले अष्ट्रेलियाबाट पठाएको ५० हजार रुपैयाँ बराबरको खाद्यान्न बन्दिपुर गाउँपालिकाका वडा नं २ का ३२ घरधुरीलाई हस्तान्तरण गरेको बताइन् । उनले भनिन् ‘प्रत्येक परिवारलाई १ बोरा चामल, १ पोका नुन र १ पोका तेल वितरण गरेका हौँ ।’ ५ वर्ष अगाडी बन्दिपुरबाट अष्ट्रेलिया गएका सुजन हाल सिड्नीमा स्नातकोत्तर तहमा अध्ययन गर्दैछन् ।  

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit