२०७८ असार १०, बिहीबार

img-responsive

१२:५०:१४

 

एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०१:५५:PM  
img-responsive

काठमाडौं, २७ जेठ । नेपाल धितो पत्र बोर्डले एनआईसी एशिया बैंकलाई ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

कुल कित्तामध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको बैंकले व्यक्तिगत तरिकाले संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ भने बाकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले खरिद गर्न पाउनेछन् । बैकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit