२०७८ असार १०, बिहीबार

img-responsive

१२:३४:१४

 

एचआईडीसीएलले शतप्रतिशत हकप्रद जारी गर्दै, बुक क्लोज भोलि

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २७, बिहीबार,०१:३३:PM  
img-responsive

काठमाडौं, २७ जेठ । हाइड्राइलेक्ट्रिक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले शत प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट जेठ ९ गते नै अनुमति लिएको थियो । कम्पनीको शतप्रतिशत हकप्रद शेयर भर्न आजसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि जेठ २८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । ११ अर्ब रुपैयाँको बराबरको ११ करोड कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरले कम्पनीले जारी गर्ने भएको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit