२०७८ असार ९, बुधबार

img-responsive

११:५६:०४

 

मन्त्री थापालाई बर्खास्त गर्न मुख्यमन्त्री शाहीसमक्ष माग 

गोठालो खबर
गोठालो खबर २०७८ जेठ २७, बिहीबार,१२:२३:PM  
img-responsive

सुशान्त, सुर्खेत

सुर्खेत, २७ जेठ। नयाँ शक्ति पार्टीले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्बर बहादुर थापालाई बर्खास्त गर्न माग गरेको छ ।

पार्टीका कर्णाली प्रदेश संयोजक कर्ण बहादुर बुढाले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पत्र लेख्दै मन्त्री थापालाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्रीलाई बर्खास्त गरेर छानबिन प्रक्रिया निष्पक्ष र सहज बनाउन मुख्यमन्त्रीलाई आग्रह गरिएको छ ।

यसअघि प्रदेश सभा बैठक अवरुद्ध गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत फौजदारी अभियोग प्रमाणित भई नैतिक पतन प्रमाणित भएका भन्दै भौतिक एवं सहरी विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit