२०७८ असार ९, बुधबार

img-responsive

११:४९:२१

 

कति वर्ष लागे महानायक राजेश हमाल ?

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २६, बुधबार,०६:३७:PM  
img-responsive

काठमाडौं, २६ जेठ । नेपाली चलचित्रको सदाबहार र चर्चित नाम हो राजेश हमाल । ३० वर्ष फिल्म क्षेत्रमा बिताएका उनलाई दर्शकहरूले महानायकको पदवी दिएका छन् । उनले गाउँले केटोदेखि सहरिया र सोझो युवादेखि लबरब्वाई जस्ता भूमिकामा अभिनय गरेका छन् ।

महानायक हमाल १९६४ जुन ९ मा पाल्पा, तानसेनमा जन्मिएका थिए । उनका बुवा विभिन्न देशकालागि राजदूत भएका थिए । हमालले विद्यालय शिक्षा मस्कोबाट र उच्च शिक्षा भारतको पन्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । उनले कक्षा ८ सम्म सेन्ट जेभियर स्कुलमा अध्ययन गरेका थिए ।

उनको पहिलो र सफल फिल्म युगदेखि युगसम्म हो । उनी नेपाली चलचित्र उद्योगमा व्यावसायिकता ल्याउनमा प्रमुख भूमिका खेल्ने व्यक्तिको रूपमा पनि चिनिन्छन् । चलचित्र क्षेत्रमा गरेको योगदान कदर गर्दै राष्ट्रिय चलचित्र पुरस्कार (१९८८–२०१४) बाट सम्मानित भएसँगै उनले महानायकको पदवी पाएका हुन् ।  महानायक हमाल अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि अग्रसर छन् ।

उनले १९८५ मा भारतको फेसन नेट म्यागाजिनमा र १९८६ मा नेपालको काठमाडौंमा ¥यापमा हिँडेर ग्ल्यामर क्षेत्र प्रवेश गरेका थिए । १७० भन्दा बढी नेपाली फिल्ममा र १ पाकिस्तानी फिल्ममा पनि उनले अभिनय गरेका छन् । आफूले अभिनय गरेको मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मन पर्ने फिल्म हो । २०१४ मा उनी प्रेमिका मधु भट्टराईसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

उनका बसन्ती, देउता, गोरेटो, अर्जुन,अल्लारे, खानदान, हामी तीन भाइ, आशीर्वाद आदी सफल फिल्म हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit