२०७८ असार ९, बुधबार

img-responsive

१०:५३:३६

 

क्याट्रिना कैफ र विक्की कौशल रिलेसनसिपमा रहेको खुलासा

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २६, बुधबार,०६:२४:PM  
img-responsive

एजेन्सी, २६ जेठ । बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफ र विक्की कौशलबीचको प्रेमको चर्चा विगत धेरै महिनादेखि चलिरहेको छ । यद्यपि उनीहरूले  भने सम्बन्धको बारेमा हालसम्म पुष्टि गरेका छैनन् । तर आज एक अभिनेताले उनीहरूबिचको प्रेम सम्बन्ध रहेको खुलासा गरेका छन् ।  

अनिल कपुरका छोरा अभिनेता हर्षवर्धन कपुरले क्याटरीना र विक्की कौशलले डेट गर्दै गरेको स्पष्ट पारेका हुन् । जुम ‘बाई इनभाइट वन्ली सिजन २’ मा कुराकानीको क्रममा हर्षवर्धनले क्याटरीना र विक्की कौशल सँगै रहेको दाबी गर्दै भने, ‘क्याटरीना र विक्की कौशल सँगै छन् । उनीहरुको बारेमा बाहिर चलिरहेको खबर सत्य हो ।’

लामो समयदेखि क्याटरिना र विक्की कौशल प्रेम सम्बन्धका कारण चर्चामा थिए । केही दिन अगाडी मात्र विक्कीको कार क्याटरिनाको घरमा पार्किङ गरिएको थियो ।

उनीहरू हाल सँगै बस्छन् भन्ने चर्चा चलेको समयमा हर्षवर्धनले यस्तो खुलासा गरेका हुन् । विगत केही समयदेखि दुवै जना विभिन्न स्थानमा भेट्ने गरेपनि हाल भने सँगै बस्न लागेको बुझिएको छ । फ्यानहरू भने क्याटरिना र विक्की आफैले सम्बन्धको बारेमा पुष्टि गर्ने पर्खाइमा छन् ।

क्याटरिना कैफको फिल्म ’सुर्यवंशी’ २०२० मा नै रिलीज हुने भनिए पनि हालसम्म कोरोना महामारीको कारण रिलिज हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit