२०७८ असार १०, बिहीबार

img-responsive

१२:०३:१४

 

करीना कपुरले १२ करोडको माग गरेपछि निर्माताले दिए यस्तो प्रतिक्रिया...

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २६, बुधबार,०६:०३:PM  
img-responsive

एजेन्सी, २६ जेठ । बलिउड चर्चित नायिका करीना कपुर केही महिना अगाडी दोस्रो सन्तानकी आमा बनेकी थिइन् । दुई सन्तानको आमा भएपनि उनलाई फिल्मको अफर भने धेरै आउने गर्छन् । करीनाले अब हंसल मेहताको एक फिल्ममा काम गर्ने भएकी छिन् । यसको साथै उनले ‘वीरे दी वेडिंग २’को पनि योजना बनाइरहेकी छिन् ।

यसैक्रममा करीनालाई बहुप्रतिक्षित फिल्म ‘सीता’ को अफर आएको छ । करीनाले फिल्मको कथा र रोल मन परेपछि फिल्ममा काम गरे बापत पारिश्रमिक १२ करोड रुपैयाँ माग राखेकी छिन् । सामान्यतया उनले ६ देखि ८ करोड सम्म प्रति फिल्म लिने गर्थिन् ।

अभिनेत्रीको यो मागले फिल्मका निर्माता पनि आश्चर्यमा परेका छन् । यद्यपि करीनालाई आफ्नो पारिश्रमिक घटाउन अनुरोध गरिएको निर्माताले बताइरहेका छन् । निर्माताहरुले यदि उनी राजी नभएमा अन्य अभिनेत्रीहरू लिन सक्नेछन् ।

करीनाका नजिकका सूत्रको अनुसार सीतामा अभिनय गर्न ८ देखि १० महिना समय दिनु पर्छ । अन्य फिल्मको दुई महिनामा नै काम सकिन्छ । उनको अनुसार यो फिल्मलाई धेरै समय दिनुपर्ने हुनाले पारिश्रमिक मूल्य पनि धेरै माग गरेकी हुन् । करीनाले आफ्नो पारिश्रमिक मूल्य घटाउँछिन् वा सीता बन्नेको अवसर अन्य कुनै अभिनेत्रीलाई प्राप्त हुन्छ त्यो भने समयले बताउला ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit