२०७८ असार १०, बिहीबार

img-responsive

१२:२७:३५

 

आज अरुण भ्याली हाइड्रोको सर्वाधिक कारोबार

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २६, बुधबार,०४:५०:PM  
img-responsive

काठमाडौं, २६ जेठ । आज २२१ कम्पनीको १ लाख ५५ हजार २३९ पटक कारोबार भएर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ बराबरको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

नेप्सेको अनुसार आज लगभग १७ अर्बको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको ४ सय ७९ प्रतिशेयरमूल्य कायम भई ८७ करोड ९४ लाख बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १९ सय २० रुपैयाँ प्रतिकित्ता शेयर मूल्य कायम भई ६१ करोड ८० लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको १ हजार ६ रुपैयाँ प्रतिकित्ता प्रतिशेयर मूल्य कायम भई ५१ करोड ६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, लुम्बिनी विकास बैंकको ४८ करोड, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोड बढीको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । कम्पनीको लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । आज ३८ रुपैयाँले प्रतिकित्ता शेयर मूल्य बढेर ४२० रुपैयाँ अन्तिम मूल्य कायम भएको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ९१ रुपैयाँले शेयर मूल्य बढेर १ हजार ६ रुपैयाँ अन्तिम मूल्य कायम भई ९.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसैगरी, आज रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, प्रभु इन्स्योरेन्स कम्पनीको ९ प्रतिशत भन्दा बढीले बढेका छन् भने गोर्खाज फाइनान्स, गुडवील फाइनान्स कम्पनी लगायतको आज शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

   

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit