२०७८ असार ९, बुधबार

img-responsive

११:४३:१७

 

एनआईसी एशिया लघुवित्तद्वारा डिजिटल भुक्तानी सेवा सुरु

गोठालो खबर
गोठालो खबर -१ २०७८ जेठ २६, बुधबार,०१:३४:PM  
img-responsive

काठमाडौं, २६ जेठ । एनआईसी एशिया लघुवित्तले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो ।

संस्थाको अनुसार ई–सेवा फोन पे प्रा.लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा उपलब्ध हुने छ ।

यसबाट ग्राहक सदस्यहरूले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाइल एप तथा वेभसाइट मा लग इन गरी यो सेवाको उपयोग गर्न सक्ने छन् । साथै यो सेवा नेपालमा मात्रै नभएर विदेशबाट पनि उपयोग गर्न सकिने संस्थाले जनाएको छ ।

सो सेवाको बैंकको आधिकारिक लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नम्बर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिने र यदि कुनै समस्या भएमा ९८५६०४६२००.नम्बरमा सम्पर्क गरी समाधान गर्न सकिने संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit