२०७८ असार ९, बुधबार

img-responsive

११:३४:३९

 

पार्टीको सङ्गठन निर्माणमा लग्नु पर्ने भन्दै निराश नबन्न कार्यकर्ताहरुलाई पूर्वमन्त्री खापुङको आग्रह 

गोठालो खबर
गोठालो खबर २०७८ जेठ २४, साेमबार,१०:३९:PM  
img-responsive

राम प्रसाद भट्टराई 

काठमाडौं, २४ जेठ। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम खापुङले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुलुकको लागि अति आवश्यक भएको बताउनु भएको छ।आईतबार जनता समाजवादी पार्टी नेपाल प्रदेश नं.१ले गरेको अनलाइन जुम बैठकलाई सम्बोधन गर्दै सरकारले गरेको पछिल्लो गतिविधिले नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र निर्वाचन प्रणालीमा सुधार आवश्यक भएको बताउनु भएको हो।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख र निर्वाचन प्रणालीमा सुधार नगरे सम्म यो मुलुकले निकास नपाउने बताउनु भएको छ। पार्टीले लिएको पछिल्लो बाटो ठिक भएको बताउँदै नेपालको पछिल्लो घटनालाई हेरेर निराश नहुन कार्यकर्तालाई अनुरोध समेत गर्नु भएको छ।

'ढिलो चाँडो हामी चुनावमा जानुपर्ने हुँदा सङ्गठन बनाउन अति आवश्यक भएको छ। पार्टी भित्रको आन्तरिक अभ्यास अति जरुरी भएको भइकेको छ।,' नेता खापुङले भन्नु भयो।

जसपाले लिएको नीति ठिक हुँदा हुँदै पनि पार्टी भित्र अन्य नेता कार्यकर्ता बिच भावनात्मक सम्बन्ध कमजोर हुने वातावरण भएकोले यस्ता प्रकारको समस्या आएको नेता खापुङले बताउनु भएको छ। फरक प्रसङ्गमा पूर्व मन्त्री खापुङलेआम कार्यकर्ताहरूमा निराश नभई सङ्गठन निर्माण प्रक्रियामा लाग्न समेत आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit